३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

चम्कदै नेपाली खेलाडी सन्दीप, बिगबासमा उत्कृष्ट प्रदर्शन



अ+ अ-

काठमाडौं । अस्ट्रेलियाको बिगबास लिगमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने लिग चरणको अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन् । आइतबारको खेलमा जित निकाल्दै उनको टीम मेलवर्न स्टार्सले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

मेलवर्न सिड्नी सिक्सर्समाथि ९४ रनको जित निकाल्दै सेमिफाइनलमा पुग्न सफल भएको हो । सन्दीपले ३।४ ओभर बलिङ गर्दा ११ रन दिएर ३ विकेट लिए । आठौं ओभरमा बलिङ गर्न आएका उनले १ रन मात्रै दिएर १ विकेट लिए । त्यसपछि १० ओभरमा ५ रन दिए । १२ औं ओभरमा पनि उनले १ रन दिएर १ विकेट लिए । १४ औं ओभरमा उनले सिड्नीको अन्तिम विकेट लिँदै जित निश्चित गरिदिए ।

जित्नै पर्ने दबाबका बीच घरेलु मैदानमा खेलेको मेलवर्नले टस हारी पहिले ब्याटिङको निम्ता पाएको थियो । मेलवर्नले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनायो । मेलवर्नका लागि कप्तान ग्लेन म्याक्वेलले ४३ बलमा ८२ रनको विस्फोटक पारी खेले ।

१६९ को सामान्य लक्ष्य पछ्याएको सिड्नीले सुरुमा राम्रो ब्याटिङ गरे पनि तेस्रो ओभरदेखि लगातार विकेट गुमेपछि १३.४ ओभरमा ७४ रनमा अलआउट हुँदा मेलवर्नको जित निश्चित भएको हो ।

‘बिग बास लिग’का चार खेल खेली बङ्गलादेश प्रिमियर लिग बंगलादेश गएका थिए । त्यसपछि नेपाल र यूएईबीचको एकदिवसीय र टीट्वीन्टी श्रृंखला खेली सन्दीप उतैबाट बिगबास लिग खेल्न गएका हुन् ।

उनले शुक्रबार बिगबासको पाचौं खेल खेलेका थिए । २ ओभर बलिङ गर्दा बिना विकेट २८ रन दिएका सन्दीपले अर्को खेलमा उत्कृष्ट कमब्याक गरेका हुन् । यो सँगै सन्दीपको बिगबासमा ६ खेल खेल्दा ११ विकेट पुगेको छ । समाचार अन्नपूर्ण पोष्टमा छ ।