३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सासुओलोमाथि युभेन्टसको सहज जित



अ+ अ-

काठमाडौं । युभेन्टसले इटालियन सिरि ए फुटबलमा सासुओलोमाथि सहज जित हात पारेको छ ।

आफ्नै घरेलु मैदानमा आइतबार राति भएको खेलमा युभेन्टसले सासुओलोलाई ३–० गोलअन्तरले पराजित गर्न सफल भएको हो । युभेन्टसको जितमा क्रिष्टियानो रोनाल्डो, सामी खेडिरा र इमरे केनले समान १–१ गोल गरे ।

खेलको २३औं मिनेटमा नै खेडिराले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा युभेन्टसले एक गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा भने युभेन्टसले थप दुई गोल गर्न सफल भयो ।

७०औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई दोब्बर अग्रता दिलाएका थिए । खेलको ८६औं मिनेटमा केनले गोल गर्दै युभेन्टसलाई ३–० गोलको जित दिलाए ।

जितसँगै लिग लिडर युभेन्टसको २३ खेलबाट ६३ अंक भएको छ । पराजित सासुओलोको भने २३ खेलबाट ३० अंक रहेको छ ।