१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले गरीबको उपचार नगरे मुद्दा हाल्नुस् : अध्यक्ष प्रचण्ड



अ+ अ-

सिराहा । नेकपा अध्यक्ष प्रचण्डले संविधानमै शिक्षा र स्वास्थ्यलाई जनताको मौलिक अधिकार अन्तरगत राखिएको बताउँदै अब गरीबले उपचार नपाएर मर्नु नपर्ने बताएका छन् ।

सिरहाको अर्नमा गाउँपालिका वडा नम्बर–१ महनौरमा निर्मित स्वास्थ्यचौकीको सोमबार उदघाटन गर्दै प्रचण्डले सरकारले गरीबको उपचार नगरे मुद्दा हाल्न सकिने उल्लेख गरेका हुन् ।

उनले भने ‘अहिले सरकारले मौलिक अधिकार कार्यान्वयनको प्रक्रिया सुरु गरेको छ । उपचार नपाएर गरिबीका कारण अब कोही मर्नुपर्ने छैन । गरीबको उपचार सरकारले गर्नेछ, नगरे अदालतमा मुद्दा दिन पाइन्छ ।’

प्रचण्डले डाक्टरसहितको आवश्यक जनशक्तिका लागि आफ्नो तर्फबाट सहयोग रहने प्रतिबद्धता समेत जनाएका छन् ।