२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ गोल्डेन्सको विजयी शुरुआत



अ+ अ-

धनगढी । काठमाडौँ गोल्डेन्सले आजदेखि यहाँ शुरु भएको धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगितामा विजयी शुरुआत गरेको छ ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा शुरु भएको डिपिएलको तेस्रो संस्करणमा काठमाडौँ गोल्डेन्सले घरेलु टोली धनगढी स्टार्सलाई चार विकेटले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको धनगढी स्टार्सले दिएको १३३ रनको लक्ष्य काठमाडौँले १९ दशमलव पाँच ओभरमा पूरा ग¥यो ।

काठमाडौँका गौरव तोमार २८, अनिल साह २४, अङ्कित दवास २९, कप्तान ज्ञानेन्द्र मल्ल ३, सोनु तामाङ र योगेन्द्रसिंह कार्की समान दुई रन बनाए । महबुब आलम १२ र विक्रम भुसाल १४ रनमा अविजित रहे ।

धनगढीका रोहन मुस्तफाले चार ओभरमा २७ रन खर्चेर चार विकेट लिए । टस हारेर ब्याटिङमा आएको धनगढीले २० ओभरमा पाँच विकेट गुमाउँदै १३२ रन बनाएको थियो । धनगढीका अमित श्रेष्ठ ५०, सन्दीप रजाइली २८ र सौरभ खनालले २५ रन बनाए । बलिङतर्फ नन्दन यादव दुई, ललित राजवंशी र अङ्कित दवासले एक÷एक विकेट लिए ।