१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको विहारमा चुनाव, नेपालमा सुरक्षा व्यवस्था कडा पार्ने निर्णय !



अ+ अ-

धनुषा । भारतको विहारमा हुन लागेको लोकसभा चुनावमा नेपाल भारत सिमा क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा पार्ने निर्णय भएको छ ।

नेपाल–भारत बोर्डर सुरक्षा बैठकको क्रममा सोमबार जनकपुरमा दुई देशका अधिकारीहरूले चुनावको बेलामा नेपालबाट भारतमा नक्कली नोटको प्रवाह हुन सक्ने भन्दै कडाई गर्ने निर्णय गरेको हो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कणेलले भने, ‘खुल्ला सिमानाका कारण चुनाव प्रभावित गर्ने नक्कलीनोटको ओसार पसार हुनसक्ने खतरा बारे बैठकमा छलफल भयो ।’

‘भारतीय नक्कली नोट, मानव ओसारपसार, मदिरा बेचबिखन र अवैध कारोबारमा विशेष निगरानी गर्ने निर्णय भएको छ।’, प्रजिअले भने ।

चुनावका बेला नेपाल–भारत सीमामा आपराधिक क्रियाकलाप हुन नदिन दुवैतर्फका सुरक्षा निकायले निगरानी बढाउने निर्णय पनि भएको उनले बताए।

भारत, विहार राज्यको मधुवनीसँग जोडिएका महोत्तरी, धनुषा, सिराहा र सप्तरीका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरुसँग भारत विहारको मधुवनीका डीएम कपिल अशोकले नेतृत्व गरेको समूहले लोकसभा चुनावको सुरक्षा अवस्था बारे छलफल गरेका थिए।