१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

झण्डै दुई महिनापछि मेची राजमार्गमा यातायात सेवा सञ्चालन

झण्डै दुई महिनापछि मेची राजमार्गमा यातायात सेवा सञ्चालन
अ अ+ अ-

काठमाडौं । गत असार २३ गतेको वर्षापछि गएको पहिरोका कारण अवरुद्ध मेची राजमार्गमा आजदेखि यातायात सेवा सञ्चालनमा आएको छ ।

सो राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्ड मर्मतपश्चात् आज बिहानदेखि साना सवारी सञ्चालनमा लागि खुला गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो ।

सडक डिभिजन इलामको झण्डै दुई महिनादेखिको लगातारको प्रयासपछि साना यात्रुवाहक सवारीसाधनका लागि सडकमा यातायात सेवा पुनः खुलाउन सफल भएको प्रजिअ ढकाले बताउनुभयो ।

माथिबाट खसेको पहिरो पन्छाउनुका साथै खोलाको क्षेत्रबाट टेवा पर्खाल निर्माण गरिएपछि तत्कालका लागि साना सवारीका लागि सडक खुला गरिएको सडक डिभिजन इलामका कार्यालय प्रमुख इन्जिनियर पवन भट्टराईले जानकारी दिनुभयो ।

“लामो समयको निर्माण÷पुनःस्थापना कार्यपछि मेची राजमार्ग आज बिहानदेखि साना सवारीसाधनका लागि सुचारु गरिएको छ”, उहाँले भन्नुभयो, “निर्माण कार्य अहिले पनि चालु नै रहेको एवं नाली निर्माण, टेवा पर्खाल निर्माणलगायतका धेरै काम बाँकी नै रहेकाले ठूला र मालबाहक सवारीसाधन सम्पन्न भएपछि मात्र सुचारु गरिनेछ ।”

उहाँले हाललाई ठूला र मालबाहक गाडीहरु वैकल्पिक सडक तिल्केनी–सिमलगोलाई र मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) प्रयोग गर्न आग्रह गरिएको बताउनुभयो ।

राजमार्ग सञ्चालन भएपछि इलामसहित, पाँचथर र ताप्लेजुङबाट झापा जान र झापाबाट इलामसहित पाँचथर र ताप्लेजुङ आउन यात्रु र सवारीहरुलाई सहज भएको छ ।

सडक अवरुद्ध हुँदा इलामसहित पाँचथर र ताप्लेजुङबाट झापातर्फ गएका सवारीसाधन पहिरोमाथि माइखोला वारिसम्म र झापाबाट इलाम, पाँचथर र ताप्लेजुङतर्फ आएका सवारीसाधन माइखोला पारीसम्म आउने÷जाने गरेका थिए ।

मेची राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक मार्गको रुपमा तिल्केनी–सिमलगोलाई सडकखण्डअन्तर्गत माइजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालन गरेको थियो ।

यस्तै मेची कोरिडोर (केचना–कञ्चनजङ्घा सडक)अन्तर्गत इलाम नगरपालिका–९ र ११ जोड्ने पुवाखोलामा समेत अस्थायी डाइभर्सन निर्माण गरी साना सवरी सञ्चालन गरिएको थियो ।

घाम लागेका बेला अस्थायी डाइभर्सन निर्माण गरी दुवै सडक सुचारु गर्ने गरिएपनि वर्षा हुनसाथ बाढीले डाइभर्सन बगाउने समस्याले इलामबाट झापा झर्ने कुनै वैकल्पिक सडक नभएकाले व्यवसायी र यात्रुले सास्ती खेप्नुपरेको थियो ।

गत असोज १८ गतेको वर्षासँगैको पहिरोले अवरुद्ध भएको सो सडक १४ दिनपछि सुचारु भएको थियो । सो सडक यसपटक सबैभन्दा धेरै समय अवरुद्ध भएको हो ।