१५ भाद्र २०८३, सोमबार
,
Latest
‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली रसुवा बाढीबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति रसुवा बाढी प्रकरणः ‘मेरो श्रीमान कहाँ हुनुहुन्छ ?’ सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग झण्डै दुई महिनापछि मेची राजमार्गमा यातायात सेवा सञ्चालन भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा ९४ शव प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम दाखिला सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग



फाइल फोटो
अ+ अ-

काठमाडौं । तनहुँ घर भई रोजगारीको सिलसिलामा यूएईमा रहेका तनहुँवासीको संस्था तनहुँ सेवा समाज, यूएईले रसुवा बाढीपीडितको उद्धार र राहतका लागि रु दुई लाख सहयोग गरेको छ ।

रसुवा लगायतका जिल्लाका बाढी प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा समाजले रु दुई लाख सहयोग गरेको हो ।

समाजले पाँचौँ अधिवेशन स्थगित गर्दै उक्त कार्यक्रमका लागि छुट्याइएको खर्च मध्येबाट उक्त सहयोग गरेको समाजका अध्यक्ष राजु तिमिल्सिनाले जानकारी दिनुभयो ।

उद्धार, राहत तथा पुनःस्थापनाका लागि स्वदेश तथा विदेशमा रहेका नेपाली तथा विभिन्न सङ्घसंस्थालाई सहयोगका लागि समाजले आह्वानसमेत गरेको छ ।