९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध

सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध
अ अ+ अ-

काठमाडौं । नेपाली सेनाको यहाँस्थित इन्द्रध्वज गणले पाँच पोखरीमा लागेको धार्मिक मेला तथा तीर्थयात्रीलाई लक्षित गरी सञ्चालन गरेको निःशुल्क स्वास्थ्य सहायता केन्द्रबाट ७२१ नागरिक लाभान्वित भएका छन् ।

जनैपूर्णिमाका अवसरमा लाग्ने धार्मिक मेलामा देशका विभिन्न स्थानबाट ठूलो सङ्ख्यामा श्रद्धालु तथा पर्यटक पुगेको सेनाले जनाएको छ । दुर्गम तथा कठिन भौगोलिक क्षेत्रमा तीर्थयात्राका क्रममा यात्रुलाई स्वास्थ्य समस्या पर्न सक्ने भएकाले उनीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै सेनाले सहायता केन्द्र सञ्चालन गरेको थियो ।

गणका अनुसार न्यासिम पार्टीमा ३६१ जना र पाँचपोखरी क्षेत्रमा ३६० जनाले स्वास्थ्य परीक्षण र निःशुल्क औषधिसम्बन्धी सेवा प्राप्त गरेका हुन् । यात्राको क्रममा स्वास्थ्य समस्या देखिए तत्काल उपचारको व्यवस्था भएपछि तीर्थयात्री तथा पर्यटकलाई राहत मिलेको स्थानीय सिमिर तामाङले बताउनुभयो ।

“यात्राका क्रममा स्वास्थ्यमा समस्या देखिँदा कहाँ उपचार गर्ने भन्ने चिन्ता हुन्थ्यो । तर बाटोमै स्वास्थ्य सहायता केन्द्र भएपछि तत्काल परीक्षण र औषधि पाउने व्यवस्था रहेछ”, तामाङले भन्नुभयो, “यसले यात्रुलाई निकै सहज बनाएको छ ।”

स्थानीय पर्यटक व्यवसायी उदय खड्काले दुर्गम क्षेत्रमा हुने धार्मिक यात्राका क्रममा स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध हुनु महत्वपूर्ण पक्ष रहेको बताउनुभयो ।

हरेक वर्ष जनैपूर्णिमाका अवसरमा पाँच पोखरीमा लाग्ने मेलामा देशका विभिन्न स्थानबाट ठूलो सङ्ख्यामा धार्मिक तीर्थयात्री सहभागी हुने गरेको पाइन्छ ।