१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देहीले महेन्द्रनगर युनाइटेडलाई दुई रनले पराजित गर्याे



अ+ अ-

काठमाडौं । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा रुपन्देही च्यालेन्जर्सले विजयी सुरुवात गरेको छ ।

मंगलबार भएको खेलमा रुपन्देहीले महेन्द्रनगर युनाइटेडलाई दुई रनले पराजित गरेको हो ।

११२ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको महेन्द्रनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०९ रन मात्रै बनाउन सक्यो । महेन्द्रनगरका लागि सुब्रमन्यम आनन्दले २५ र रोहितकुमार पौडेलले २४ रन बनाए । त्यस्तै, मोहम्मद नाभिद १२ रनमा आउट भए ।

महेन्द्रनगरलाई सस्तैमा समेट्ने क्रममा रुपन्देहीका बिक्रम सोबले तीन र पुनित मेहराले दुई विकेट लिए ।

यसअघि फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देही च्यालेन्जर्सले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा १११ रन मात्रै बनाउन सक्यो । रुपन्देहीका लागि सुमित महर्जनले २७, विनोद भण्डारीले १९, बिक्रम सोबले १६ र सन्दीप सुनारले १५ रन बनाएका थिए ।

बलिङतर्फ महेन्द्रनगर युनाइटेडका सिद्धान्त लोहनीले तीन विकेट लिए । त्यस्तै, अविनाश बोहरा र सागर ढकालले समान २–२ विकेट लिए ।