१५ भाद्र २०८३, सोमबार
,
Latest
अत्यावश्यकबाहेक हेलिकोप्टर उद्धार नमाग्न सरकारको आग्रह बहराइनले नेपाललाई दियो ८८ रन रसुवा बाढी : ९०३ जनाको शव फेला, ४ हजार २४७ जना अझै सम्पर्कविहीन बाढीपीडितको उद्धार र राहतका लागि यातायात व्यवसायी महासङ्घले निःशुल्क बससेवा सञ्चालन गर्ने भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित दक्षिण कोरियाली राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठनः अर्थ र रक्षासहित ६ मन्त्री मनोनीत रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजी तथा उद्धार कार्य तिब्र लस एन्जलसको पोमोनामा वार्षिक ‘बबल रन’ सम्पन्न, १० हजारभन्दा बढीको सहभागिता चीनको सेन्जेनमा २४ सै घण्टा सेवा दिने ‘स्मार्ट फूड लकर’ सञ्चालनमा भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देहीले महेन्द्रनगर युनाइटेडलाई दुई रनले पराजित गर्याे



अ+ अ-

काठमाडौं । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा रुपन्देही च्यालेन्जर्सले विजयी सुरुवात गरेको छ ।

मंगलबार भएको खेलमा रुपन्देहीले महेन्द्रनगर युनाइटेडलाई दुई रनले पराजित गरेको हो ।

११२ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको महेन्द्रनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०९ रन मात्रै बनाउन सक्यो । महेन्द्रनगरका लागि सुब्रमन्यम आनन्दले २५ र रोहितकुमार पौडेलले २४ रन बनाए । त्यस्तै, मोहम्मद नाभिद १२ रनमा आउट भए ।

महेन्द्रनगरलाई सस्तैमा समेट्ने क्रममा रुपन्देहीका बिक्रम सोबले तीन र पुनित मेहराले दुई विकेट लिए ।

यसअघि फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देही च्यालेन्जर्सले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा १११ रन मात्रै बनाउन सक्यो । रुपन्देहीका लागि सुमित महर्जनले २७, विनोद भण्डारीले १९, बिक्रम सोबले १६ र सन्दीप सुनारले १५ रन बनाएका थिए ।

बलिङतर्फ महेन्द्रनगर युनाइटेडका सिद्धान्त लोहनीले तीन विकेट लिए । त्यस्तै, अविनाश बोहरा र सागर ढकालले समान २–२ विकेट लिए ।