२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति विद्यादेवी भण्डारीले यसरी गरिन खुलासा, विकासको बाधक भ्रष्टाचार



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार विकासको बाधक भएको बताउनुभएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औं स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने उहाँले भन्नुभयो– ‘भ्रष्टाचार मुलुकको विकासको बाधक भएकाले यसलाई छिटोभन्दा छिटो निर्मुल पार्नुपर्छ, भ्रष्टाचारविरोधी महाअभियानमा सहभागी हुन सबैलाई आह्रान गर्दछु। किनकि भ्रष्टाचारले अपूरणीय क्षति निम्त्याउँछ। त्यसकारण भ्रष्टाचार हुनुपूर्व नै भ्रष्टाचार हुन नदिनेतर्फ अग्रसर हुनुपर्दछ।’

सोही कार्यक्रममा भ्रष्टाचार नियन्त्रण र निर्मुल गर्नु आवश्यक रहेको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले यसमा सहयोग गर्न सबैसँग अनुरोध गर्नुभयो। उहाँले भ्रष्टाचारले मुलुकलाई लज्जाजनक स्थिति हुन दिन नहुने तर्क राख्नुभयो। आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले आयोग भ्रष्टाचारविरुद्ध निर्मम ढंगले लाग्ने धारणा राख्नुभयो। कार्यक्रममा आयोगका उत्कृष्ट अनुसन्धानकर्ता र उत्कृष्ट अख्तियार सेवा पुरस्कारसमेत वितरण गरिएको थियो। नेपाल समाचारपत्रबाट ।