१५ भाद्र २०८३, सोमबार
,
Latest
अत्यावश्यकबाहेक हेलिकोप्टर उद्धार नमाग्न सरकारको आग्रह बहराइनले नेपाललाई दियो ८८ रन रसुवा बाढी : ९०३ जनाको शव फेला, ४ हजार २४७ जना अझै सम्पर्कविहीन बाढीपीडितको उद्धार र राहतका लागि यातायात व्यवसायी महासङ्घले निःशुल्क बससेवा सञ्चालन गर्ने भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित दक्षिण कोरियाली राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठनः अर्थ र रक्षासहित ६ मन्त्री मनोनीत रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजी तथा उद्धार कार्य तिब्र लस एन्जलसको पोमोनामा वार्षिक ‘बबल रन’ सम्पन्न, १० हजारभन्दा बढीको सहभागिता चीनको सेन्जेनमा २४ सै घण्टा सेवा दिने ‘स्मार्ट फूड लकर’ सञ्चालनमा भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग : आज दुई खेल हुँदै, पीएसजी कभानी र नेमार बिना नै मैदान उत्रदै



अ+ अ-

काठमाडौँ । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा आजदेखि प्रि–क्वार्टरफाइनल (अन्तिम १६) अन्तर्गत पहिलो लेगका खेलहरू सुरु हुँदैछ।

लिगको दोस्रो खेलमा उपाधि दाबेदार मानिएको म्यान्चेस्टर युनाइटेड र पीएसजीको भिड्न लागेका हुन् । खेल आज राति १ः४५ बजेबाट युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुँदैछ ।

युनाइटेड यतिबेला नयाँ प्रशिक्षक ओले गुनरको नेतृत्वमा उच्च प्रदर्शन गरिरहेको छ ।

यता पीएसजीमा भने काभानीलाई आराम दिईने छ । शनिबारनै अर्का खेलाडी थोमस मुनिएर पनि टाउकोमा चोट लागेर बाहिरिएका थिए । उनिहरु दुबै बोर्डेक्सविरुद्धको खेलमा घाइते भएका थिए ।

यसअघिको खेलमा चोटकै कारण नेमारलाई गुमाएको पीएसजीलाई आगामी खेल थप कठिन हुने देखिएको छ । र, उनीहरूले यो खेल गुमाउने पक्का भइसकेको छ ।

नेमार र काभानीको ठाउमा पीएसजीले केलियन एमबाप्पे र डि मारियालाई खेलाउने छ ।

युनाइटेड र पीएसजी यसअघि अन्तिमपटक सन् २०१५ को जुलाई ३० तारिखमा भिडेका थिए । त्यसबेला इन्टरनेसनल च्याम्पियन्स कपअन्तर्गत भएको सो खेलमा पीएसजीले युनाइटेडलाई २–० ले हराएको थियो । त्यसपछि करिब ४ वर्षपछि यी दुई टोली आज राति भिड्न लागेका हुन् ।

अर्काे खेलमा इटालियन क्लब रोमा र पोर्चुगिज क्लब पोर्टोको भिडन्त हुँदैछ । यो खेल नेपाली समयअनुसार आज राति १ः४५ बजेबाट रोमाको घरेलु मैदानमा सुरु हुनेछ ।