१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग : आज दुई खेल हुँदै, पीएसजी कभानी र नेमार बिना नै मैदान उत्रदै



अ+ अ-

काठमाडौँ । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा आजदेखि प्रि–क्वार्टरफाइनल (अन्तिम १६) अन्तर्गत पहिलो लेगका खेलहरू सुरु हुँदैछ।

लिगको दोस्रो खेलमा उपाधि दाबेदार मानिएको म्यान्चेस्टर युनाइटेड र पीएसजीको भिड्न लागेका हुन् । खेल आज राति १ः४५ बजेबाट युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुँदैछ ।

युनाइटेड यतिबेला नयाँ प्रशिक्षक ओले गुनरको नेतृत्वमा उच्च प्रदर्शन गरिरहेको छ ।

यता पीएसजीमा भने काभानीलाई आराम दिईने छ । शनिबारनै अर्का खेलाडी थोमस मुनिएर पनि टाउकोमा चोट लागेर बाहिरिएका थिए । उनिहरु दुबै बोर्डेक्सविरुद्धको खेलमा घाइते भएका थिए ।

यसअघिको खेलमा चोटकै कारण नेमारलाई गुमाएको पीएसजीलाई आगामी खेल थप कठिन हुने देखिएको छ । र, उनीहरूले यो खेल गुमाउने पक्का भइसकेको छ ।

नेमार र काभानीको ठाउमा पीएसजीले केलियन एमबाप्पे र डि मारियालाई खेलाउने छ ।

युनाइटेड र पीएसजी यसअघि अन्तिमपटक सन् २०१५ को जुलाई ३० तारिखमा भिडेका थिए । त्यसबेला इन्टरनेसनल च्याम्पियन्स कपअन्तर्गत भएको सो खेलमा पीएसजीले युनाइटेडलाई २–० ले हराएको थियो । त्यसपछि करिब ४ वर्षपछि यी दुई टोली आज राति भिड्न लागेका हुन् ।

अर्काे खेलमा इटालियन क्लब रोमा र पोर्चुगिज क्लब पोर्टोको भिडन्त हुँदैछ । यो खेल नेपाली समयअनुसार आज राति १ः४५ बजेबाट रोमाको घरेलु मैदानमा सुरु हुनेछ ।