१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठूला दलका नेता मिलेर खोलानालाहरु चिनियाँ कम्पनीलाई बेचे : पूर्वप्रधानमन्त्री भट्टराई



अ+ अ-

गोरखा । नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्युत आयोजनालाई कमिसन खोरहरुले कमिसन खाएर चिनियाँ कम्पनीलाई दिएको आरोप लगाएका छन् ।

उनले ठूला दलका नेता मिलेर पैसाको खेलमा चिनियाँ कम्पनीलाई बिनाप्रतिस्पर्धा आयोजना दिएको आरोप लगाएका हुन् ।

पार्टीको जनजागरण अभियानअन्तर्गत मंगलबार गोरखाको आरुघाटमा पुगेका भट्टराईले भने, पैसाको खेलमा ठूला तीन दलका नेता फसेका छन्, नाम पछि भनौंला।

हाम्रा केही साथीहरू क्रान्ति सकियो अब ब्याज खाने हो भने जसरी राज्यलाई दुहुनो गाई बनाइरहेका छन्, उनले भने ।

देशलाई समृद्ध बनाउन बूढीगण्डकीजस्ता ठूला आयोजना स्वेदशी बनाउनुपर्ने भए पनि बिनाप्रतिस्पर्धा चीनको गेजुवा कम्पनीलाई दिएको उनले बताए।

भट्टराई हिजो क्रान्तिसँगै होमिएकाहरू अहिले एकपछि अर्को भ्रष्टाचार काण्डमा फसेर आफुले आफैलाई हासेको पात्र बनाइरहेका बताए ।