१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देही च्यालेन्जर्सको लगातार दोस्रो जित



अ+ अ-

काठमाडौं । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा रुपन्देही च्यालेन्जर्ससले लगातार दोस्रो जित हात पारेको छ ।


आज भएको खेलमा रुपन्देहीले विराटनगर किंग्सलाई पाँच विकेटले पराजित गरेको हो ।

९४ रनको सामान्य चुनौती पछ्याएको रुपन्देहीले १३.१ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । रुपन्देहीका लागि पुनित मेहराले उत्कृष्ट ब्याटिङ गर्दै टिम उकासेका थिए । २७ बलको सामना गरेर उनले ४६ रन बनाए ।

त्यस्तै, बाबर हायतले १७ रन बनाएभने अन्य खेलाडी सस्तैमा समेटिएका थिए ।

बलिङतर्फ अविनास यादवले दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९३ रनको झिनो स्कोर मात्रै बनाउन सक्यो । विराटनगरको लागि राजेश पुलामी मगरले अविजित १७, असदुल्लाह खानले १६ र कुशल भुर्तेलले १२ रन बनाए ।

बलिङतर्फ रुपन्देहीका पुनित मेहराले तीन, कप्तान बसन्त रेग्मी र ललितसिंह भण्डारीले समान २२ विकेट लिए ।

सोमबार भएको आफ्नो पहिलो खेलमा रुपन्देहीले महेन्द्रनगर युनाइटेडलाई दुई रनले पराजित गरेको थियो ।