२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँमा रेल गुड्ने कुरा छ, त्यसै केपी सरकार असफल भो भन्न पाईन्छ ? : सदस्य बडाल



अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य केशब बडालले सरकारको एक वर्षे कार्यकाल आधारभुत रुपमा सफल भएको दाबी गरेका छन् ।

उनले भने,‘अहिले युद्धस्तरमा विकास निर्माणका काम भैरहेको छ। बाटाहरु धमाधम चार लेनबाट ६ लेन, र ६ लेनबाट ८ लेनमा स्तरोन्नती भैरहेका छन् ।’उनले जनताले नदेख्ने गरि काम भैइरहेको बताएका हुन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘म यो बीचमा पुर्व–पश्चिम यात्रामा निक्किएको थिएँ । मैले धुलो उडिरहेको देखें । डोजर चलिरहेको देखें । अब त बल्ल विकास भयो भन्ने मलाई लागेको छ ।’

सरकारले यो एक वर्षमा धेरै महत्वपूर्ण कामहरु गरिरहेको पनि उनले विश्वास दिलाए । उनले भने,‘भारतसँग पिटिए भएको छ । यो हाईडा«े क्षेत्रको लागि महत्वपूर्ण उपलब्धि हो । थप हवाई रुट दिने सहमति भएको छ ।’

त्यस्तै केरुङ–काठमाडौं रेलमार्गको डिपिआर पनि निर्माण भैसकेको उनले जनाए । भारतबाट काठमाडौं रेल आउने, पुर्व–पश्चिम रेलमार्गको पनि काम भैरहेको लगायत विकास निर्माणका फेहरिस्त उनले सनाए ।

बडालले यो एक वर्षमा सरकारले विकासको जग हालेको पनि दाबी गरे । यद्धपी उनले सरकारले केही काम नै गरेन र अर्थतन्त्र नै डामाडोल भयो भनेर लगाईएको आरोपमा भने कुनै सत्यता नभएको भन्दै खण्डन गरे । सरकार अझै प्रभावकारी र अझै सशक्त रुपमा प्रस्तुत हुनुपर्छ भन्ने जनताको चाहनालाई आफूहरुले स्वभाविक रुपमा लिएको उनले स्पष्ट पारे ।