१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पीएसजीको सानदार जित, किमपेम्बे र एमबाप्पे बने नायक



अ+ अ-

काठमाडौँ । युरोपियन च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मन (पिएसजी) ले म्यानचेस्टर युनाइटेडलाई २–० गोल अन्तरले पराजित गरेको छ ।

लिगअन्तर्गत युनाइटेडको घरेलु मैदानमा भएको राउन्ड अफ १६ को पहिलो लेगमा पीएसजीका नेमार, इडिन्सन काभानीलगायत खेलाडी चोटका कारण खेलेका थिएनन् । युनाइटेडलाई उसैको मैदानमा हराउन पीएसजीका प्रेस्नेल किमपेम्बे र केलियन एमबाप्पेले गोल गरे ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पीएसजीले दोस्रो हाफमा दुई गोल गर्दै खेल जित्यो । ५३ औं मिनेटमा किमपेम्बेले पहिलो गोल गरे । ६० औं मिनेटमा एमबाप्पेले अर्को गोल थप्दै पीएसजीको जित सुनिश्चित पारेका थिए ।

खेलको अन्तिम १० मिनेट १० खेलाडीमा समेटिएको युनाइटेडले गोल फर्काउन सकेन । युनाइटेडका पउल पोग्वा ८९ औं मिनेटमा दोहोरो पहेँलो ९रातो० कार्ड खाँदै बाहिरिका थिए । पोग्वाले अब दोस्रो लेग गुमाउने छन् । यसैगरी च्याम्पियन्स लिगको अर्को खेलका इटालियन क्लब रोमाले पोर्चुगिज क्लब पोर्तोलाई २–१ गोलले हराएको छ ।