२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनौठो फैसला : दिनभर अदालतकै एउटा कुनामा बस्नुपर्ने



अ+ अ-

भारतको केन्द्रीय शिक्षा बोर्डका पूर्वअन्तरीम प्रमुख नागेश्वर रावलाई अदालतको अवहेलनामा दोषी ठहर गर्दै दिनभर अदालतकै एउटा कुनामा बस्नुपर्ने फैसला सुनाएको छ ।

साथै उनीमाथि एकलाख भारु जरिवाना पनि गरिएको छ ।

अदालतको अपहेलना मामिलामा फैसलाको एकदिन अघि नै माफी मागिसकेका भएपनि रावविरुद्ध अदालतले फैसला गरेरै छाड्यो ।

उनी मात्र होइन, उनका कानूनी सल्लाहाकार पनि दोषी ठहर भई सोही सजाय पाएका छन् ।

रावले आफूलाई माफी दिन गरेको निवेदन अस्वीकार गर्दै न्यायाधीशले अदालतको अवहेलना गरेको हुँदा यसले रावको करिअरमा असर पर्ने बताएका छन् ।

के हो घटना ?

घटना विहारको मुजफ्फरपूर बालिका गृहको छानविनसँग सम्बन्धित रहेको छ । एम नागेश्वर रावले सीबीआईको अन्तिरम प्रमुख छँदा अदालतको अनुमतिविनै उक्त काण्डको छानविन गर्ने एक अधिकारीलाई बर्खास्त गरेका थिए ।

सोही मुद्दामा अदालतले उनको नाउँमा अदालतमा उपस्थ्ति हुन आदेश गरेको थियो । र अन्ततः त्यसमा फैसला गर्दै अदालतले उनलाई अदालतको अवहेलनामा दिनभर अदालतको कुनामा बस्न आदेश दिएको हो । यो सजाय उनका लागि ठूलै सबक बन्न सक्दछ ।

एजेन्सी