२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री रोजगार कार्यक्रमले धनी र गरिबको खडल पुर्छ : मन्त्री विष्ट



अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नेपालमा पसिना बगाएर बाँच्ने श्रमजिवीहरु अहिले पनि अपहेलित हुनुपर्ने अवस्था रहेको बताएका छन् ।

सम्मानजनक रुपमा श्रम गर्ने वातावरण अझै नबनेकोले धनी बन्नेहरुले उच्च प्रतिष्ठा र सम्मान पाउने कायमै बताएका हुन् ।

बुधबार ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा समारोहमा उनले भने, नेपाली समाजमा श्रमलाई सम्मान गर्ने संस्कृतिको अभावमा अहोरत्र पसिना बगाएर बाँच्ने श्रमजिवीहरु अपहेलित हुनुपर्ने ? तर, श्रम नगरिकनै धनी बन्नेहरुले उच्च प्रतिष्ठा र सम्मान पाउने अवस्था अद्यावधिक छ ।’

मन्त्री विष्टले श्रमको सम्मान नभए विकासका लागि बाधक पुग्ने बताए ।उनले धनी र गरिब बीचको खडल पुर्न प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी हुने बताएका छन् ।

आन्तरिक रोजगारी सिर्जना गरी बेरोजगारी समस्या अन्त्य गर्ने उद्देश्यले यो कार्यक्रम आएको उनले बताए ।