१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

झ्यालाबाट यौन दुर्ब्यबहार गरेको आरोपमा एकजना पक्राउ



अ+ अ-

डोटी । १५ वर्षीया किशोरीलाई घरमा एक्लै भएको मौका छोपी यौन दुर्ब्यबहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जोरायल गाउँपालिका–४ का ४८ वर्षीय खडकबहादुर मगर रहेका छन् ।

सोमबार राति करिब १० बजेको समयमा खडकबहादुरले घरको झ्यालाट दुर्ब्यबहार गरेको पीडित किशोरीले बयान दिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक (डीएसपी) लालबहादुर धामीले जानकारी दिए ।

किशोरीले मंगलबार इलाका प्रहरी कार्यालय जोरायलमा जाहेरी दिएपछि खडकबहादुरलाई पक्राउ गरि मुद्दा चलाइएको डीएसपी धामीले जानकारी दिए ।