१५ भाद्र २०८३, सोमबार
,
Latest
तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मानिस नभेटिएपछि सेना फर्कियो कांग्रेस काभ्रेद्वारा पार्टीको केन्द्रीय कोषलाई १७ लाख ६२ हजार हस्तान्तरण रसुवा बाढीमा परी निधन भएकाको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार गरिने रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिँदै ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली रसुवा बाढीबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता



अ+ अ-

काठमाडौं । रसुवागढी जलविद्युत् केन्द्रका इन्जिनियर टीका पौडेलले भोटेकोशीमा गएको बाढीपछि प्रमुख सन्तोष अधिकारीसहित ५१ जना कर्मचारी र ४२ मजदुर गरी केन्द्रका ९३ जनशक्ति हाल बेपत्ता अवस्थामा रहेको जानकारी दिनुभयो ।

इन्जिनियर पौडेलले भोटेकोशी बाढीबाट टिमुरेस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा अध्यापन गराउने शिक्षिका समेत रहेकी आफ्नी श्रीमती कविता न्यौपाने पौडेलसहित रसुवागढी जलविद्युत् केन्द्रका सबैजसो सहकर्मी गुमानुपरेको पीडा सुनाउनुभयो ।

विनाशकारी बाढीको दुई दिनअघि काठमाडौँमा अध्ययनरत छोरीको उपचार गराउन आउँदा ज्यान जोगिए पनि श्रीमतिसहित सहकर्मी गुमानपर्दाको पीडाका बीच उहाँले जीवनमा अकल्पनीय दुःख व्यहोर्न परेको बताउनुभयो ।

बिहान कार्यालय समयभन्दा अघि एक्कासि बाढी आएकाले अधिकांश सहकर्मीसहित परिवारजन टिमुरेस्थित आवासगृहबाट बेपत्ता भएको हुनसक्ने बताउँदै इन्जिनियर पौडेलले सो समयमा रसुवागढी जलविद्युत केन्द्रभित्र तीन जनामात्र कर्मचारी रहेको जानकारी दिनुभयो । उहाँले चिलिमे जलविद्युत् केन्द्रमा पनि जम्मा छ जना कर्मचारी रहेको भन्ने जानकारी प्राप्त भएको बताउनुभयो ।