१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० बर्षीय बालिका बलात्कारको आरोपमा ६८ वर्षिय वृद्ध पक्राउ



अ+ अ-

काठमाडौ‌ । १० वर्षीया बालिका बलात्कारको आरोपमा ६८ वर्षिय वृद्ध पक्राउ परेका छन्। अर्घाखाँचीकी १० वर्षीया बालिकालाई प्युठानका ६८ वर्षिय डण्डबहादुर बिश्वकर्माले बलत्कार गरेको आरोप लागेको छ।
पीडित बालिका शारीरिक रूपमा कमजोर हुन थालेपछी उनकी आमाले बालिकालाई शोधपुछ गर्दा मात्रै घट्ना बाहिरिएको हो। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले अभियुक्त बिश्वकर्मालाई नियन्त्रणमा लिई प्युठान प्रहरीलाई बुझाएको अर्घाखाँची प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताए।

बृद्धाले बालिकालाई चाउचाउ खान पैसा दिदै ललाई फकाई गरि बलात्कार गरेको पिडितले बताइन। बालिकालाई गत पुस महिना देखि वृद्धबाट बलात्कारको गर्दै आएको समेत खुलासा भएको छ।
घटनाबरे थप अनुसन्धान भइरहेको प्युठान प्रहरी प्रमुख निर्मल बुढाथोकीले बताए।