१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढीमा परी निधन भएकाको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार गरिने रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिँदै ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली रसुवा बाढीबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति रसुवा बाढी प्रकरणः ‘मेरो श्रीमान कहाँ हुनुहुन्छ ?’ सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग झण्डै दुई महिनापछि मेची राजमार्गमा यातायात सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० बर्षीय बालिका बलात्कारको आरोपमा ६८ वर्षिय वृद्ध पक्राउ



अ+ अ-

काठमाडौ‌ । १० वर्षीया बालिका बलात्कारको आरोपमा ६८ वर्षिय वृद्ध पक्राउ परेका छन्। अर्घाखाँचीकी १० वर्षीया बालिकालाई प्युठानका ६८ वर्षिय डण्डबहादुर बिश्वकर्माले बलत्कार गरेको आरोप लागेको छ।
पीडित बालिका शारीरिक रूपमा कमजोर हुन थालेपछी उनकी आमाले बालिकालाई शोधपुछ गर्दा मात्रै घट्ना बाहिरिएको हो। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले अभियुक्त बिश्वकर्मालाई नियन्त्रणमा लिई प्युठान प्रहरीलाई बुझाएको अर्घाखाँची प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताए।

बृद्धाले बालिकालाई चाउचाउ खान पैसा दिदै ललाई फकाई गरि बलात्कार गरेको पिडितले बताइन। बालिकालाई गत पुस महिना देखि वृद्धबाट बलात्कारको गर्दै आएको समेत खुलासा भएको छ।
घटनाबरे थप अनुसन्धान भइरहेको प्युठान प्रहरी प्रमुख निर्मल बुढाथोकीले बताए।