३१ जेष्ठ २०८३, आईतवार
,
Latest
विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेपत्ता दाईलाई खोज्दा भेटियो सुन



अ+ अ-

काठमाडौं । मंसिर ७ गते भारतबाट भन्सार पास लिएर डिएल १० सिएफ ६९२१ नम्बरको इको स्पोर्टस गाडी नेपाल भित्रियो ।

भन्सार र प्रहरी कर्मचारी दुवैले सो गाडीभित्र के छ भनी सामान्य सोधीखोजी गरे पनि खनातलासी गरेनन् । नागरिक दैनिकले समाचार छापेको छ ।

त्यसको केही समयपछि त्यही नम्बरको गाडी हराएको भन्दै दिल्लीका एक व्यापारीले कञ्चनपुर प्रहरीमा उजुरी दिए ।

उजुरीमा ती व्यापारीले लक्ष्मण तिरुवाले गाडी चलाएर नेपाल गएको र उनी आफ्नो कर्मचारी भएको समेत उल्लेख छ । त्यसपछि प्रहरीले लक्ष्मण तिवारीसहित सो गाडीको खोजतलासी गर्न थाल्यो ।

पुस ८ गते प्रहरीले कोहलपुरको अतिथि होटलमा सो गाडी बेवारिसे अवस्थामा फेला पा¥यो र उजुरीकर्ता भारतीय व्यापारीलाई कानूनी प्रक्रिया पुर्याएर जिम्मा लगायो । त्यस गाडीमा सुन थियो भन्ने पुसको दोस्रो सातामात्रै प्रहरीले थाहा पायो ।

त्यसै सेरोफेरोमा प्रहरी हबलदार सुरज तिरुवाले आफ्ना दाजु लक्ष्मण हराएको भन्दै काठमाडौं लैनचौरस्थित प्रहरी बृत्तमा उजुरी दिए ।

त्यसपछि प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले केन्द्रीय अनुसन्धान ब्यूरोलाई लक्ष्मण खोज्न निर्देशन दियो ।

ब्युरोले अनुसन्धान थाले लगत्तै उनको मोबाइल म्यासेज हेर्न थाल्यो, जसमा सुन सुरक्षित रहेको जस्ता कुरा पाइएपछि अनुसन्धान लक्ष्मणभन्दा पनि सुन खोज्नतर्फ केन्द्रित भयो ।




भर्खरै