१८ माघ २०८१, शुक्रबार
,
Latest
प्रतिनिधिसभामा छ वटा अध्यादेश पेश अध्यादेश भन्ने बित्तिकै गलत नै हुन्छ भन्ने धारणा सही होइनः महामन्त्री शर्मा हिउँदे अधिवेशनलाई जनताको जीवनमा सुधार ल्याउने गरी अघि बढाउन खबरदारी गर्छौंः जनार्दन शर्मा खाडीको पैसाले सरकार र संसद चलिरहेको छ, प्रधानमन्त्रीले विकासको कुरा गर्दा आश्चर्य लाग्छः अध्यक्ष केसी टिपटप डीएभी क्रिकेट एकेडेमीले जित्यो इन्डो-नेपाल क्रिकेटको उपाधि सामाजिक सञ्जालसम्बन्धी विधेयक नियन्त्रणका लागि नभइ प्रभावकारी नियमनका लागि: महेश बर्तौला भ्याली पब्लिक र फेरिल्यान्ड च्याम्पियन किक बक्सिङ टोली भारत प्रस्थान अध्यक्ष राउतको आरोपः संसदको साँचो सरकारसँग हुँदो रहेछ, सरकारको फोन कुरेर न्यायालयले फैसला गर्छ उपसभापति वाग्लेद्वारा संसदीय छानबिन समिति गठनको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेपत्ता दाईलाई खोज्दा भेटियो सुन



अ+ अ-

काठमाडौं । मंसिर ७ गते भारतबाट भन्सार पास लिएर डिएल १० सिएफ ६९२१ नम्बरको इको स्पोर्टस गाडी नेपाल भित्रियो ।

भन्सार र प्रहरी कर्मचारी दुवैले सो गाडीभित्र के छ भनी सामान्य सोधीखोजी गरे पनि खनातलासी गरेनन् । नागरिक दैनिकले समाचार छापेको छ ।

त्यसको केही समयपछि त्यही नम्बरको गाडी हराएको भन्दै दिल्लीका एक व्यापारीले कञ्चनपुर प्रहरीमा उजुरी दिए ।

उजुरीमा ती व्यापारीले लक्ष्मण तिरुवाले गाडी चलाएर नेपाल गएको र उनी आफ्नो कर्मचारी भएको समेत उल्लेख छ । त्यसपछि प्रहरीले लक्ष्मण तिवारीसहित सो गाडीको खोजतलासी गर्न थाल्यो ।

पुस ८ गते प्रहरीले कोहलपुरको अतिथि होटलमा सो गाडी बेवारिसे अवस्थामा फेला पा¥यो र उजुरीकर्ता भारतीय व्यापारीलाई कानूनी प्रक्रिया पुर्याएर जिम्मा लगायो । त्यस गाडीमा सुन थियो भन्ने पुसको दोस्रो सातामात्रै प्रहरीले थाहा पायो ।

त्यसै सेरोफेरोमा प्रहरी हबलदार सुरज तिरुवाले आफ्ना दाजु लक्ष्मण हराएको भन्दै काठमाडौं लैनचौरस्थित प्रहरी बृत्तमा उजुरी दिए ।

त्यसपछि प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले केन्द्रीय अनुसन्धान ब्यूरोलाई लक्ष्मण खोज्न निर्देशन दियो ।

ब्युरोले अनुसन्धान थाले लगत्तै उनको मोबाइल म्यासेज हेर्न थाल्यो, जसमा सुन सुरक्षित रहेको जस्ता कुरा पाइएपछि अनुसन्धान लक्ष्मणभन्दा पनि सुन खोज्नतर्फ केन्द्रित भयो ।