१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इराक लैजान खोजिएका १७९ नेपालीको भारतबाट उद्धार, १ महिलासहित ९ जना आरोपीहरु नियन्त्रणमा



अ+ अ-

काँकडभिट्टा । भारतको मणिपुर हुँदै म्यानमारको बाटोबाट इराक लैजान लागिएका १ सय ४७ महिलासहित १ सय ७९ जनालाई माइती नेपालले उद्धार गरेको छ ।

माइती नेपाललाई प्राप्त गोप्य सूचनाको आधारमा भारतको दिल्लीस्थित महिला आयोग, मणिपुर प्रहरी र स्थानीय गैर सरकारी संस्थाको सक्रियतामा मणिपुरको प्रान्तीय राजधानी इम्फालबाट म्यानमार हुँदै इराक लैजान लागिएको अवस्थामा उद्धार गरिएको हो।

बेचविखनमा संलग्न १ महिलासहित ९ जना आरोपीहरुलाई समेत नियन्त्रणमा लिइएको छ।

मणिपुरका मुख्यमन्त्री एन वीरेनले आइतबार उद्धार गरिएका सबैलाई नेपाली टोलीको जिम्मा लगाएका थिए।

उद्धार गरिएकाहरुलाई सोमबार राति पूर्वी नाकाबाट नेपाल ल्याइने छ।