८ पुष २०८२, मंगलवार
,
Latest
पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदै जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्: रविलक्ष्मी चित्रकार बाढीपीडित परिवारका न ओढ्ने कपडा न त बास पोखरा महानगरले मुख्य सडक क्षेत्रवरपरका ‘वर्कसप’ हटाउँदै बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा दिक्तेलको भानुचोकस्थित राष्ट्रिय विभूतिको सालिक पुनर्निर्माण सुरु राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजामा भएको झडपमा प्यालेस्टिनी नागरिक र इजरायली सैनिक घाइते



अ+ अ-

गाजा सिटी । उत्तरी गाजा क्षेत्रमा आइतबार भएको झडपमा १९ जना प्यालेस्टिनी नागरिक र एक जना इजरायली सैनिक घाइते भएका छन् ।

इजरायली सेनाले जारी गरेको ट्वीटमा भनिएको छ, “प्यालेस्टिनीले प्रहार गरेको विस्फोटक पदार्थ पड्किएर एक जना इजरायली सैनिक घाइते भएका छन् ।” विस्फोटक पदार्थ फालिएपछि सेनाले गरेको जवाफी कारबाहीमा हमास लडाकू समूहका दुई वटा पोस्ट ध्वस्त भएको सेनाले जनाएको छ ।

हमास नेतृत्वमा रहेको गाजा क्षेत्रको स्वास्थ्य मन्त्रालयले इजरायली सेनाको गोली लागेर १९ जना प्यालेस्टिनी घाइते भएको बताएको छ ।

इजरायलसँग सीमा जोडिएको गाजा क्षेत्रमा हरेक साता भेला हुने प्यालेस्टिनी र इजरायली सेनाबीच हिंसात्मक भिडन्त हुने गरेको छ । योक्रम एक वर्षदेखि जारी छ ।

गत वर्ष मार्च ३० तारिखदेखि यतामात्र इजरायली सेनाको गोली लागेर कम्तीमा २५० जना प्यालेस्टिनीको मृत्यु भइसकेको छ । अधिकांशको मृत्यु सीमा क्षेत्रमा भएका प्रदर्शनका क्रममा भएको छ भने केहीको इजरायली टैंक र हवाई आक्रमणमा मृत्यु भएको छ ।

यही अवधिमा दुई जना इजरायली सेनाको मृत्यु भएको छ । इजरायलले सीमा सुरक्षा गर्न र अवैध प्रवेश रोक्न सैनिक कारबाही गर्नु परेको स्पष्ट गरेको छ ।