१५ भाद्र २०८३, सोमबार
,
Latest
केरुङ नाका जोड्ने अवरुद्ध सडक खुलाउन उद्धारकर्मीको प्रयास तीव्र जलवायुजन्य विपद्को क्षतिपूर्ति विकसित देशले दिनुपर्छ: अध्यक्ष ओली रसुवा बाढी : नेपाली सेनाले ३३० जनाको उद्धार गर्‍यो, सुरुङमा खोजी जारी प्रधानमन्त्री शाह र रवि लामिछानेबीच भेटवार्ता, बाढी प्रभावित क्षेत्रको उद्धार र राहतबारे छलफल राहत पुगेन भन्दै ओलीको सरकारप्रति असन्तुष्टि भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग बाढी प्रभावित रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी बाढीपीडितको सहयोगार्थ एमाले केन्द्रिय कमिटीले ओलीलाई दियो १० लाखको चेक बाढी प्रभावित रसुवा र नुवाकोटमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर र दक्षिण अफगानिस्तानमा तालिबान कमाण्डरसहित ३१ लडाकूको मृत्यु



अ+ अ-

मैमाना । अफगानिस्तानको दक्षिणी प्रान्त फर्याबको कैसार जिल्लामा लुकेर बसेका तालिबान लडाकूलक्षित सरकारी सुरक्षा बलले गरेको कारबाहीमा परी १७ लडाकू मारिएका अफगान सेना प्रवक्ता मोहम्मद हानीफ रेजाईले सोमबार जानकारी दिनु भएको छ ।

सरकारी सुरक्षा बलले गरेको हवाई र स्थल कारबाहीमा तालिबान लडाकूका कमाण्डर मवलावी इस्माट इस्माटयारसहित १७ तालिबान लडाकूको घटनास्थलमा मृत्यु हुनुको साथै अन्य आठ घाइते भएका रेजाईले सिन्ह्वा समाचार समितिलाई बताउनु भएको छ ।
यस सुरक्षा कारबाहीको क्रममा तीन सुरक्षा अधि
कारीहरुले पनि ज्यान गुमाएका र अन्य चार सुरक्षा अधिकारी सामान्य रुपमा घाइते भएका सरकारी स्रोतले जानकारी दिएको छ ।

यस कारबाहीको तालिबान आतङ्ककारी समूहले भने कुनै टिप्पणी गरेका छैनन् ।

त्यसैगरी अफगानिस्तानको दक्षिण प्रान्त जाबुलमा सुरक्षा अधिकारीहरु र तालिबान लडाकूहररु बीचभएको झडपमा परी १४ लडाूक मारिएका छन् । यस झडपमा परी अन्य १७ जना घाइते भएका छन् ।

सरकारी सुरक्षाबलले सो इलाकामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध जारी राखेको सुरक्षा कारबाहीको क्रममा यो झडप सुरु भएको बताइएको छ ।

सुरक्षा बलद्वारा जारी विज्ञप्तिमा यस कारबाहीको क्रममा सुरक्षाबल र सर्बसाधारण नागरिकतर्फ भने कुनै हताहत नभएको बताइएको छ ।

जाबुल प्रान्तको केही भागमा अशान्त मच्चारहेका तालिबान आतङ्ककारी समूहले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन् ।

त्यसैगरी अफगानिस्तानको दक्षिण प्रान्त जाबुलमा सुरक्षा अधिकारी तालिबान लडाकूबीच भएको झडपमा परी १४ लडाूक मारिएका छन् । यस झडपमा परी अन्य १७ जना घाइते भएका छन् ।
सरकारी सुरक्षाबलले तालिबान लडाकूविरुद्ध जारी राखेको सुरक्षा कारबाहीको क्रममा यो झडप सुरु भएको बताइएको छ ।

सुरक्षा बलद्वारा जारी विज्ञप्तिमा यस कारबाहीको क्रममा सुरक्षाबल र सर्वसाधारण नागरिकतर्फ भने कुनै हताहत नभएको बताइएको छ ।

जाबुल प्रान्तको केही भागमा अशान्त मच्चारहेका तालिबान आतङ्ककारी समूहले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन् ।