१५ भाद्र २०८३, सोमबार
,
Latest
केरुङ नाका जोड्ने अवरुद्ध सडक खुलाउन उद्धारकर्मीको प्रयास तीव्र जलवायुजन्य विपद्को क्षतिपूर्ति विकसित देशले दिनुपर्छ: अध्यक्ष ओली रसुवा बाढी : नेपाली सेनाले ३३० जनाको उद्धार गर्‍यो, सुरुङमा खोजी जारी प्रधानमन्त्री शाह र रवि लामिछानेबीच भेटवार्ता, बाढी प्रभावित क्षेत्रको उद्धार र राहतबारे छलफल राहत पुगेन भन्दै ओलीको सरकारप्रति असन्तुष्टि भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग बाढी प्रभावित रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी बाढीपीडितको सहयोगार्थ एमाले केन्द्रिय कमिटीले ओलीलाई दियो १० लाखको चेक बाढी प्रभावित रसुवा र नुवाकोटमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगर किंग्सलाई १० रनले हराउँदै अत्तरिया डीपीएल क्रिकेटको प्लेअफमा



अ+ अ-

काठमाडौँ । विराटनगर किंग्सलाई १० रनले हराउँदै सीवाईसी अत्तरिया धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको प्लेअफमा पुगेको छ ।

फाप्ला क्रिकेट मैदानमा सोमबार भएको खेलमा १४९ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १३८ रन मात्रै बनाउन सक्यो । विराटनगरका लागि आशिफ शेखले ३९ र पृथु बास्कोटाले २७ रन बनाएर बनाए । बास्कोटा र शेख आउट भएपछि विराटजगर हारतिर लम्केको थियो ।

अत्तरियाका भुवन कार्की र दीपेन्द्र रावतले समान ३–३ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा १४८ रन बनाएको थियो । अत्तरियाका लागि सन्नी पटेल र जयकिसन कोल्सवालाले उत्कृष्ट प्रदर्शन गरे । ६१ रनमा अविजित रहेका उनले ३१ बलमा चार छक्का र पाँच चौका प्रहार गरे । त्यस्तै, कोल्सवाला ५१ रनमा अविजित रहे ।

काठमाडौं गोल्डेन्स र सीवाईसी अत्तरियाको अन्तिम खेल हुनै बाँकी छ । यी दुबै टिम एक खेलअघि नै प्ले अफमा पुगेका हुन् । अत्तरियासँग पराजित भएको विराटनगर भने बाहिरिएको छ । आजको खेलसँगै प्लेअफमा पुग्ने चारवटै टिमको टुंगो लागेको छ । काठमाडौं गोल्डेन्स, अत्तरिया, रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेड प्लेअफमा पुगेको हो ।

अन्तिम खेल बाँकी रहँदासम्म काठमाडौं चार खेलमध्ये तीन खेलमा जित र एक खेल बराबरीसहित शीर्ष स्थानमा छ ।