१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगर किंग्सलाई १० रनले हराउँदै अत्तरिया डीपीएल क्रिकेटको प्लेअफमा



अ+ अ-

काठमाडौँ । विराटनगर किंग्सलाई १० रनले हराउँदै सीवाईसी अत्तरिया धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको प्लेअफमा पुगेको छ ।

फाप्ला क्रिकेट मैदानमा सोमबार भएको खेलमा १४९ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १३८ रन मात्रै बनाउन सक्यो । विराटनगरका लागि आशिफ शेखले ३९ र पृथु बास्कोटाले २७ रन बनाएर बनाए । बास्कोटा र शेख आउट भएपछि विराटजगर हारतिर लम्केको थियो ।

अत्तरियाका भुवन कार्की र दीपेन्द्र रावतले समान ३–३ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा १४८ रन बनाएको थियो । अत्तरियाका लागि सन्नी पटेल र जयकिसन कोल्सवालाले उत्कृष्ट प्रदर्शन गरे । ६१ रनमा अविजित रहेका उनले ३१ बलमा चार छक्का र पाँच चौका प्रहार गरे । त्यस्तै, कोल्सवाला ५१ रनमा अविजित रहे ।

काठमाडौं गोल्डेन्स र सीवाईसी अत्तरियाको अन्तिम खेल हुनै बाँकी छ । यी दुबै टिम एक खेलअघि नै प्ले अफमा पुगेका हुन् । अत्तरियासँग पराजित भएको विराटनगर भने बाहिरिएको छ । आजको खेलसँगै प्लेअफमा पुग्ने चारवटै टिमको टुंगो लागेको छ । काठमाडौं गोल्डेन्स, अत्तरिया, रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेड प्लेअफमा पुगेको हो ।

अन्तिम खेल बाँकी रहँदासम्म काठमाडौं चार खेलमध्ये तीन खेलमा जित र एक खेल बराबरीसहित शीर्ष स्थानमा छ ।