८ पुष २०८२, मंगलवार
,
Latest
रबि लामिछाने भन्छन्: भेटघाट सुरु भएको छ, नयाँ शक्तिहरुलाई एकीकृत गर्छौं कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, महाधिवेशन कार्यतालिकामा छलफल हुने व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना हुने



अ+ अ-

काठमाडौँ। नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा ब्रमास्मी एसईई एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।

एकेडेमीले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी यसै वर्ष एसईई दिने खेलाडीहरुलाई लक्षित गर्दै एकदिवसीय क्रिकेट प्रतियोगिता हुने जानकारी दिएको हो ।

एसईई दिएका विद्यार्थीलाई ट्यालेन्ट हन्टबाट खेलाडी छनोट गरी बैशाख अन्तिम साता काठमाडौंमा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको हो ।

ट्यालेन्ट हन्ट धनगढी, कोहलपुर, सुर्खेत, दाङ, बुटवल, पोखरा, चितवन, कलैया, विराटनगर, बिर्तामोड र काठमाडौंमा हुनेछ । ट्यालेन्ट हन्टबाट हरेक छनोट केन्द्रबाट पाँचदेखि सात खेलाडी छनोट हुनेछ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने १४ खेलाडी छनोट गरी श्रीलंकाको सिरिजमा सहभागिता गराईने आयोजकले जनाएको छ । उत्कृष्ट १४ खेलाडीलाई ब्रमास्मी कलेजले निशुल्क छात्रवृत्तिमा अध्ययन गर्ने व्यवस्था गराउनेछ ।

प्रतियोगितामा ८ टिमको सहभागिता रहने छ । देशको ११ शहरमा ट्यालेन्ट हन्ट गरी खेलाडी छनोट गरिनेछ। ट्यालेन्ट हन्ट चैत २२ गतेबाट बैशाख १६ सम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र म्यानअफदिसिरिज हुनेले नेक्सस क्रिकेट एकेडमीको दिल्ली सेन्टरमा एक वर्षसम्म निशुल्क प्रशिक्षणको ब्यबस्था गरिने आयोजकले जनाएको छ ।