१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मला पन्तपछि चलचित्र बुलबुलको पोस्टरमा प्रहरीको नजर, च्यात्न निर्देशन



अ+ अ-

काठमाडौँ । गत शुक्रबार अर्थात फागुन ३ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र बुलबुलको पोस्टर च्यात्न प्रहरीले निर्देशन दिएको छ । पोस्टरमा रक्सीको एउटा ब्रान्डको प्रचार गरेको गुनासो आएको भन्दै प्रहरीले राजधानीका विभिन्न स्थानमा टाँसिएका पोस्टर च्यात्न निर्देशन दिएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार कानुनः मदिराको विज्ञान गर्न नपाइने भएकाले पोस्टर हटाउन निर्देशन दिएको बताए ।

आइतबार चलचित्रका निर्देशक विनोद पौडेल र प्रोड्यूसर अविरल थापालाई बोलाएर पोस्टर च्यात्न निर्देशन दिएको डीएसपी बोगटीले बताए ।