१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सीलाई पराजित गर्दै युनाइटेड एफए कपको क्वाटरफाइनलमा



अ+ अ-

काठमाडौँ । चेल्सीलाई २–० गोलअन्तरले पराजित गर्दै म्यान्चेस्टर युनाइटेड एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार राति भएको खेलमा म्यान्चेस्टर युनाइटेडले चेल्सीलाई २–० गोलअन्तरले पराजित गरेको हो । युनाइटेडको जितमा एन्डर हेरिरा र पाउल पोग्बाले समान १–१ गोल गरे ।

म्यान्चेस्टर युनाइटेडले दुवै गोल पहिलो हाफमा गरेको थियो । हेरिराले खेलको ३१औं मिनेटमा गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई अग्रता दिलाएका थिए । ४५औं मिनेटमा पोग्बाले गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई २–० गोलको अग्रता दिलाए ।

पहिलो हाफमा २–० गोलले अग्रता बनाएको म्यान्चेस्टर युनाइटेडले दोस्रो हाफमा आफ्नो अग्रतालाई कायमै राख्न सफल भयो । म्यान्चेस्टर युनाइटेडविरुद्ध अधिकांश समय बल नियन्त्रणमा राखेको चेल्सीले गोल गर्न भने सकेन ।