८ पुष २०८२, मंगलवार
,
Latest
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए माईतीघरमा जेनजीको नाराबाजीः ‘जेनजीको माग हरायो, निर्वाचन भनि करायो’ –फोटोफिचर एमाले उपमहासचिव भट्टराईद्वारा सचिवालय बैठक बोलाउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला टी–२० : मलेसियाविरुद्ध नेपालको सानदार जित



अ+ अ-

काठमाडौँ । थाइल्यान्डमा जारी आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तरगत आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ । १ सय २७ रनको लक्ष्य पछ्याउने क्रममा मलेसिया ९२ रनभित्र समेटिएपछि नेपालले ३४ रनको जित निकालेको हो ।

थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै पाँच विकेट गुमाएर १२६ रन बनाएको थियो ।

नेपालका लागि शुरुआती ब्याट्सम्यान सीता रानामगरले ४२ रन जोडिन् । यस्तै कप्तान रुबिना क्षेत्रीले अविजित ३३ रन बनाइन् । त्यस्तै काजोल श्रेष्ठले १६, इन्दु बर्माले १३ र नेरी थापाले छ रन जोडिन् ।

मलेसियाका लागि दुराइसिंगम, शाशा आज्मी र जुमिका आज्मीले १–१ विकेट बाँडेका थिए । यसैगरी नेपाली बलरहरुले कसिलो बलिङ गरेपछि मलेसियाका ब्याट्सउमनहरु विकेटमा टिक्न सकेनन् । नेपालका लागि करुणा भण्डारी र सरिता मगरले २(२ विकेट बाँडेका थिए । यस्तै सिता रानामगर र कविता कुँवरले १–१ विकेट बाँडे ।

मलेसियाका लागि क्रिस्टिना बारेले सर्वाधिक २१ रन बनाइन् । मलेसियाका तीन ब्याट्सउमनले मात्र दोहोरो अंकमा रन बटुलेका थिइन् ।

नेपालले मलेशियापछि दोस्रो खेलमा आयोजक थाइल्याण्डसँग बिहीबार खेल्नेछ ।

एशिया छनोटमा नेपालसहित सात राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेशिया, कुवेत, चीन र हङकङ रहेका छन् । राउण्ड रोबिनका आधारमा हुने छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ ।