२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

२२ अंकले शेयर बजारमा सुधार



अ+ अ-

काठमाडौँ । निरन्तर ओरालो लागिरहेको शेयर बजार सोमबार राति राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेसँगै मंगलबार २२ अंक भन्दा बढीले बजारमा सुधार देखिएको हो ।

मंगलबार शेयर बजार २२ दशमलव ४४ अंकले बढ्दा नेपसे परिसूचक १ हजार १ हजार १ सय २४ दशमलव ९६ को विन्दुमा उक्लेको छ । दिनभर तीव्र उचारचढाव देखिएको सेयर बजारका सबै समूहहरु बढेर हरियाली देखिएका छन् ।

दिनभर भएका ४ हजार ५ सय ६८ कारोबारबाट १ सय ६७ कम्पनीका ७ लाख १४ हजार ८ सय ७६ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २१ करोड ४५ लाख ८८ हजार ६ सय १९ रुपैयाँ पुगेको छ ।

कारोबार रकमका आधारमा मंगलबार माथिल्लो तामाकोशी जलविद्युत् आयोजना अग्रस्थानमा देखिएको छ । माथिल्लो तामाकोशीको १ करोड २७ लाख ९३ हजार ८ सय ३० रुपैयाँको कारोबार भएको छ । यसको मंगलबारको सेयर मूल्य २ सय ३२ रुपैयाँ रहेको छ ।

कारोबार रकमका आधारमा दोस्रो स्थानमा नागरिक लगानी कोष देखिएको छ । कोषको ९७ लाख १९ हजार ६ सय ९० रुपैयाँको शेयर कारोबार भएको छ ।

मंगलबार धेरै कमाउनेहरुमा जीवन बीमा कम्पनीका लगानीकर्ताहरु देखिएका छन् । जीवन बीमाको सबैभन्दा धेरै २ सय ५१ दशमलव ७३ अंकले बढेको छ । जीवन बीमा पछि निर्जिवन बीमाका लगानीकर्ताहरुले धेरै कमाएका छन् ।

यस समूह १ सय ५३ दशमलव ९३ अ।कले बढ्दा फाइनान्स समूह भने स्थिर देखिएको छ ।