१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश सरकार मिडियामैत्री छ : मन्त्री केसी



अ+ अ-

बुटवल । प्रदेश ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकार मिडियामैत्री रहेको दाबि गरेका छन् ।

५८ औं वाषिर्कोत्सवको अवसरमा राष्ट्रिय समाचार समिति प्रदेश ५ ले बुटवलमा आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै मन्त्री केसीले मिडियालाइ गौरबमय बनाउनुपर्ने भन्दै बजारमा मिडियाकै समाचारका भरमा धेरै धारणा बनाउने हुँदा थप बिश्वसनीय बनाउन जरुरी रहेको उल्लेख गरे ।

कार्यक्रममा बुटवल उपमहानगरका मेयर शिबराज सुबेदी, राससका पूर्वअध्यक्ष बालकृष्ण चापागाईं, पूर्वसांसद बिनोद पहाडी, राससका प्रदेश ५ का प्रमुख भरत केसी, निरु गौतम, युवराज पाण्डेलगायतले बोलेका थिए ।

साथै उत्कृष्ट काम गरेको भन्दै चारजना राससकर्मीलाई सम्मान गरिएको थियो ।