१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीहरुलाई अनुमतिविना विदेश भ्रमणमा नजान पाकिस्तानी प्रधानमन्त्री खानको आग्रह



अ+ अ-

इस्लामाबाद,पाकिस्तान । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संघीय मन्त्रीपरिषद्का सदस्यहरूलाई अनुमतिविना विदेश यात्रा नगर्न निर्देशन दिनुभएको छ । उहाँले आफूले पनि स्वास्थ्य सङ्कटलाई मध्यनजर गर्दै विदेश भ्रमण नगरेको स्थानीय सञ्चार माध्यमहरूग बुधबार बताउनुभयो । 

‘द एक्सप्रेस ट्रिब्युन’ काअनुसार विश्वव्यापी जलवायु शिखर सम्मेलनको लागि राष्ट्रिय सभा सदस्य (एमएनए) रियाज फट्यानाको ग्लासगो यात्रा र कलहका आरोपहरू मन्त्रीपरिषद् बैठकमा छलफलका लागि आएका विषयहरूमध्ये एक थियो । 

प्रधानमन्त्रीले आँफूले विदेश भ्रमण नगरेको बताउँदै आफ्नो मन्त्रालयका मन्त्रीहरु पनि यस्ता भ्रमणबाट टाढै बस्नु राम्रो हुने बताउनुभएको हो ।

सूचना मन्त्री फवाद चौधरीले मन्त्रीहरूभन्दा पनि एमएनए र सिनेटरहरू विदेश जाने गरेको पनि भनाइप्रति धारणा राख्दै खानले सरकारी एमएनए र सिनेटरसमेत विदेश भ्रमणमा जानका लागि यो उपयुक्त समय नभएको बताउनुभएको थियो । प्रधानमन्त्री खानले भन्नुभयो,“सरकारी कामकाज हाम्रो लागि पहिलो प्राथमिकता हुनुपर्छ ।” 

द न्युज इन्टरनेसनलका अनुसार कोभिड–१९ को ओमिक्रोन सङ्क्रमणको खतराप्रति चिन्तित पाकिस्तानले विश्वव्यापी खतराको प्रतिरोध गर्न नयाँ खोप योजनाको घोषणा गरेको छ । जसअन्तर्गत रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरू, स्वास्थ्यकर्मीहरू र ५० वर्षभन्दा बढी उमेरकाहरूलाई अतिरिक्त खोप दिइने योजना पाकिस्तान सरकारले अघि सारेको छ । (रासस-एएनआई)