१६ फाल्गुन २०८१, शुक्रबार
February 28, 2025 Friday
Latest
मेलबर्नको नेपाल फेष्टिभल मेरो लागि विशेष हुन्छ : गायक विवेक श्रेष्ठ एकैदिन तोलामा दुई हजार दुई सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? इजरायलद्वारा सयौं प्यालेस्टिनी कैदी रिहा गर्न शुरु ग्याल्पो ल्होसारले राष्ट्रिय एकतालाई सुदृढ गर्न प्रेरणा मिल्ने अध्यक्ष दाहालको विश्वास बागलुङका छ स्थानीय सरकारको आफ्नै ‘सिंहदरबार’ कुमारी सहकारी हिनामिना प्रकरणः एक अर्ब १३ करोड बिगो दाबीसहित २५ जनाविरूद्ध मुद्दा दर्ता प्रधानमन्त्रीद्वारा ल्होसारको शुभकामना चाडपर्वलाई सबैले आदर र सम्मान गर्ने सद्भावयुक्त परम्परा छः सभापति देउवा पर्वले सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि गर्न सघाउ पुर्‍याउँछः राष्ट्रपति यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाको एकता प्रक्रिया अन्यौलमा, नाममै जुटेन सहमति



अ+ अ-

काठमाडौं । पार्टी एकताको प्रस्ताव तयार पार्न गठित कार्यदलले सहमति जुटाउन नसकेपछि नेकपाको सचिवालयले आफैं छलफल गर्ने भएको छ ।

रामबहादुर थापा संयोजकत्वको कार्यदलले सहमतिको प्रस्ताव तयार गर्न नसकेपछि थप समय मागेको थियो । तर सचिवालयले म्याद थप्नेभन्दा कार्यदल पदाधिकारीलाई बोलाएर विषय टुंग्याउने तयारी गरेको हो ।

दुई दिनअघि बसेको सचिवालय बैठकले बिहीबार थप छलफल गर्ने र एकताको विषयमा टुंगोमा पुग्न प्रयास गर्ने निर्णय गरेको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । नेताहरूले एक पटक कार्यदलभित्र भएको छलफल र त्यसको विवरण बुझ्ने र त्यसपछि धारणा बनाउनेछन् ।

गत जेठमा पार्टी एकता भए पनि प्रदेश, जिल्लासहित भ्रातृ संगठनबीच एकीकरण भइसकेको छैन । कार्यदललाई एकताको प्रस्ताव तयार गर्ने, केन्द्रीय समितिहरूको कार्यविभाजन लगायत टुंगो लगाउन जिम्मा दिइएको थियो । तर, कार्यदलभित्र प्रदेशमा यसअघि सिफारिस व्यक्तिहरूको नाममै सहमति जुट्न सकेन ।

त्यसैले जिल्ला तहको नेतृत्वमा पनि कसलाई कसरी लैजाने भन्ने मापदण्ड बन्न नसक्दा एकता प्रक्रिया झन् लम्बिँदै गएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।