१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाको एकता प्रक्रिया अन्यौलमा, नाममै जुटेन सहमति



अ+ अ-

काठमाडौं । पार्टी एकताको प्रस्ताव तयार पार्न गठित कार्यदलले सहमति जुटाउन नसकेपछि नेकपाको सचिवालयले आफैं छलफल गर्ने भएको छ ।

रामबहादुर थापा संयोजकत्वको कार्यदलले सहमतिको प्रस्ताव तयार गर्न नसकेपछि थप समय मागेको थियो । तर सचिवालयले म्याद थप्नेभन्दा कार्यदल पदाधिकारीलाई बोलाएर विषय टुंग्याउने तयारी गरेको हो ।

दुई दिनअघि बसेको सचिवालय बैठकले बिहीबार थप छलफल गर्ने र एकताको विषयमा टुंगोमा पुग्न प्रयास गर्ने निर्णय गरेको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । नेताहरूले एक पटक कार्यदलभित्र भएको छलफल र त्यसको विवरण बुझ्ने र त्यसपछि धारणा बनाउनेछन् ।

गत जेठमा पार्टी एकता भए पनि प्रदेश, जिल्लासहित भ्रातृ संगठनबीच एकीकरण भइसकेको छैन । कार्यदललाई एकताको प्रस्ताव तयार गर्ने, केन्द्रीय समितिहरूको कार्यविभाजन लगायत टुंगो लगाउन जिम्मा दिइएको थियो । तर, कार्यदलभित्र प्रदेशमा यसअघि सिफारिस व्यक्तिहरूको नाममै सहमति जुट्न सकेन ।

त्यसैले जिल्ला तहको नेतृत्वमा पनि कसलाई कसरी लैजाने भन्ने मापदण्ड बन्न नसक्दा एकता प्रक्रिया झन् लम्बिँदै गएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।