• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   सरकारले नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा विशेष ध्यान दिनुपर्छ: डा.स्वर्णिम वाग्ले ★   सरकारले पकेट बैंकबाट योजना छनोट गरेर बजेट ल्यायो: एमाले सचिव भट्टराई ★   गौतम गम्भीर भारतीय टोलीको मुख्य प्रशिक्षक बन्ने ! ★   भरतपुर महानगरपालिको दियो ४ हजार ५ सय २४ जनालाई नि:शुल्क तालिम ★   खडेरीले नपसाउँदै बारीमै सुक्न थाले मकै ★   सास्तीमा छन् निसेलढोरवासी ★   काँग्रेस महामन्त्री शर्माको प्रश्ताव: बुढीगण्डकी जलविद्युत आयोजना नेपालीहरुको लगानीमा बनाउनुपर्छ ★   भोजपुरको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन माग ★   झण्डै १ अर्ब ठगी आरोपमा पक्राउ परेका कृषि विकास सहकारीका अध्यक्षसहित ४ जना सार्वजनिक ★   मनकामना केबलकार ५० दिन बन्द हुने

पार्टीमा कोइराला भन्दैमा पाइन्छ  ? जनताको पार्टी हो, बढ्ता बोल्ने :देउवा



काठमाडौं । गत शनिबार गिरिजाप्रसाद कोइराला फाउन्डेसनले वीरगन्जमा आयोजना गरेको कार्यक्रममा डा. शशांक, डा. शेखर र सुजाता कोइरालाले १२१ किलोको एउटै माला पहिरिएर आफूहरू एकताबद्ध रहेको सन्देश दिएका थिए ।
‘भाषण गरेर मात्र पार्टी चल्दैन, काम गर्नुपर्छ अनि मात्र नेता बन्न सकिन्छ, हामी तीन कोइराला एक छौँ, भन्नेले त नमिलेको भन्छन्, तर अरूले टाउको नदुखाए हुन्छ,’ वीरगन्जको कार्यक्रममा सुजाताले भनेकी थिइन् ।

चार दिनपछि बुधबार वीरगन्ज नै पुगेर सभापति देउवाले कोइरालाहरूप्रति आक्रोश पोखेका हुन् । बुधबार बिहान बारामा १५१ किलोको मालासहित सम्मान ग्रहण गरेर देउवा वीरगन्ज पुगेका थिए ।

६९औँ प्रजातन्त्र दिवसका अवसरमा जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै देउवाले भने, ‘चुनावमा जित–हार हुनु स्वाभाविक हो । ०५१ सालमा हामी पनि हारेका हौँ । ०६४ मा पनि हार्‍यौं । अस्तिपल्ट ९०७४० पनि हार्‍यौं । हार्नु ठूलो कुरो होइन ।

ठूलो कुरो त पार्टीभित्रको अनुशासनहीनता हो । कुनै पनि पार्टीमा अनुशासन छैन भने त्यो पार्टीको भविष्य नै छैन । कांग्रेसमा अनुशासनहीनता बढेको छ । अब अनुशासन समिति गठन गरेर छानबिन गर्छु । अन्तर्घाती र अनुशासनहीन नेतालाई कारबाही गर्छु ।’

देउवाले कोइराला परिवारप्रति आक्रोश पनि व्यक्त गरे, ‘शेखर कोइराला बढी बोल्दै हिँडेको छ । कोइराला भन्दैमा पाइन्छ ? हामी जेल पर्दा, हामीले आन्दोलन गर्दा, हाम्रो टाउको फुट्दा कहाँ थिए उनीहरू ? यो पार्टीमा कोइराला भन्दैमा पाइन्छ ? कांग्रेस जनताको पार्टी हो, नेपाली जनताका छोराछोरीको पार्टी हो । कोइरालाका छोरा-नातिको होइन । केही गरेको छैन, कुनै योगदान छैन, अनि मेरो भन्दैमा पाइन्छ ? बढ्ता बोल्ने ?’ नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।