३१ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे सहमति प्रस्ताव स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीमा कोइराला भन्दैमा पाइन्छ  ? जनताको पार्टी हो, बढ्ता बोल्ने :देउवा



अ+ अ-

काठमाडौं । गत शनिबार गिरिजाप्रसाद कोइराला फाउन्डेसनले वीरगन्जमा आयोजना गरेको कार्यक्रममा डा. शशांक, डा. शेखर र सुजाता कोइरालाले १२१ किलोको एउटै माला पहिरिएर आफूहरू एकताबद्ध रहेको सन्देश दिएका थिए ।
‘भाषण गरेर मात्र पार्टी चल्दैन, काम गर्नुपर्छ अनि मात्र नेता बन्न सकिन्छ, हामी तीन कोइराला एक छौँ, भन्नेले त नमिलेको भन्छन्, तर अरूले टाउको नदुखाए हुन्छ,’ वीरगन्जको कार्यक्रममा सुजाताले भनेकी थिइन् ।

चार दिनपछि बुधबार वीरगन्ज नै पुगेर सभापति देउवाले कोइरालाहरूप्रति आक्रोश पोखेका हुन् । बुधबार बिहान बारामा १५१ किलोको मालासहित सम्मान ग्रहण गरेर देउवा वीरगन्ज पुगेका थिए ।

६९औँ प्रजातन्त्र दिवसका अवसरमा जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै देउवाले भने, ‘चुनावमा जित–हार हुनु स्वाभाविक हो । ०५१ सालमा हामी पनि हारेका हौँ । ०६४ मा पनि हार्‍यौं । अस्तिपल्ट ९०७४० पनि हार्‍यौं । हार्नु ठूलो कुरो होइन ।

ठूलो कुरो त पार्टीभित्रको अनुशासनहीनता हो । कुनै पनि पार्टीमा अनुशासन छैन भने त्यो पार्टीको भविष्य नै छैन । कांग्रेसमा अनुशासनहीनता बढेको छ । अब अनुशासन समिति गठन गरेर छानबिन गर्छु । अन्तर्घाती र अनुशासनहीन नेतालाई कारबाही गर्छु ।’

देउवाले कोइराला परिवारप्रति आक्रोश पनि व्यक्त गरे, ‘शेखर कोइराला बढी बोल्दै हिँडेको छ । कोइराला भन्दैमा पाइन्छ ? हामी जेल पर्दा, हामीले आन्दोलन गर्दा, हाम्रो टाउको फुट्दा कहाँ थिए उनीहरू ? यो पार्टीमा कोइराला भन्दैमा पाइन्छ ? कांग्रेस जनताको पार्टी हो, नेपाली जनताका छोराछोरीको पार्टी हो । कोइरालाका छोरा-नातिको होइन । केही गरेको छैन, कुनै योगदान छैन, अनि मेरो भन्दैमा पाइन्छ ? बढ्ता बोल्ने ?’ नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।




भर्खरै