११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो

एउटा राजदूतका लागि वार्षिक दुई करोड

एउटा राजदूतका लागि वार्षिक दुई करोड
अ अ+ अ-

काठमाडौं । एउटा राजदूतका लागि सरकारले वार्षिक दुई करोडभन्दा बढी लगानी गर्छ। राज्यको ठूलो लगानी हुने व्यक्ति निष्क्रिय बनिदिँदा अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको पहिचानमै समस्या हुन्छ। पछिल्लो समय राजदूतलाई सक्रिय बनाउन परराष्ट्र मन्त्रालयले प्रयास थालेको छ। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

उनीहरूलाई देशहितमा क्रियाशील बनाउन परराष्ट्रले उनीहरूको मूल्यांकन प्रणाली अपनाएको छ। राजदूतहरूको चौमासिक मूल्यांकन थालिएको छ। यसमा कमजोर ठहरिएका राजदूतलाई सिधै फिर्ता बोलाइनेछ।

मुलुकअनुरूप कार्यादेशसहित जिम्मेवारीमा गएका राजदूतको पदलाई आराम गर्ने र केही रकम बचाएर मुलुक फर्किने प्रवृत्ति रोक्न परराष्ट्रले खबरदारी पनि गर्न थालेको छ। योगदानका आधारमा पुरस्कृत भएको र मस्तीका लागि पठाइएको रूपमा नलियोस् भन्नकै लागि परराष्ट्रले राजदूतको मूल्यांकन प्रक्रिया अपनाएको हो।

प्रधानमन्त्री कार्यालयले परराष्ट्रलाई संयन्त्र खडा गरी राजदूतको निष्पक्ष मूल्यांकन गर्न निर्देशन दिएको छ। परराष्ट्रले दुई वर्षदेखि नै यस्तो अभ्यास थाले पनि चुस्त थिएन। त्यही अभ्यासलाई व्यवस्थित बनाउन लागिएको परराष्ट्र अधिकारीले बताए। मूल्यांकन परराष्ट्रसचिव र सम्बन्धित महशाखा प्रमुखले गर्नेछन्।

सचिव र महाशाखा प्रमुखबाहेक स्वतन्त्र मूल्यांकन समिति बनाएर वर्षभरिको कार्यगत प्रतिवेदनमाथि छलफल गरिन्छ। प्रतिवेदन नै राजदूत मूल्यांकनको प्रमुख आधार हो। प्रतिवेदनमा उल्लेख भएकामध्ये सम्पन्न नभएका कामलाई रातो संकेत र भएकालाई हरियो संकेत दिइनेछ।