२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारी समायोजन अलमल, एक तिहाइ मात्रै समायोजन सकियो



अ+ अ-

काठमाडौं । नेपाल सरकारले फागुन ३ गते भित्र कर्मचारी समायोज सक्ने भजनेपनि एकतिहाइ मात्रै काम पूरा भएको छ। नयाँ पत्रिका दैनिकका अनुसार ७७ हजार कर्मचारीले समायोजनको फारम भरेकोमा अहिलेसम्म ३० प्रतिशत अर्थात २२ हजार ९ सर १७ कर्मचारी मात्रै समायोजन भएका छन्।

संघीय मामिला तथा समान्य प्रशासन मन्त्तलायका प्रवक्ता सुरेश अधिकारीले संघमा १७ हजार २ सय ७९ र प्रदेशमा २ हजार ४ सय ४८ कर्मचारी समायोजन भएको बताए।

सबैभन्दा ठूलो दरबन्दी हिस्सा रहेको स्थानीय तहमा ३ हजार १ सय ९० कर्मचारी समायोजन भएका छन । सचिवस्तरमा ५७ जना सबै संघमा समायोजन भएका छन्। सहसचिव स्तरका ६ सय ७६ को समायोजन सकिएको छ।