१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सी र आर्सनल युरोपा लिगको प्रि–क्वार्टरफाइनलमा



अ+ अ-

काठमाडौंँ । चेल्सी युरोपा लिग फुटबलको प्रि-क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति आफ्नै घरेलु मैदान भएको खेलमा माल्मोलाई ३–० गोलअन्तरले पराजित गर्दै चेल्सी अन्तिम १६ मा स्थान बनाएको हो । चेल्सीले पहिलो लेग र दोस्रो लेगमा गरी समग्रमा ५–१ को जित निकाल्यो । पहिलो लेगमा चेल्सीले माल्मोलाई २–१ गोलअन्तरले पराजित गरेको थियो ।

पहिलो हाफमा गोल रहित बराबरी खेलेको चेल्सीले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै तीन गोल गर्न सफल भयो । खेलको ५४, ७४ र ८४औं मिनेटमा चेल्सीले गोल गर्दै जित हात पारेको हो ।

त्यस्तै, बिहीबार नै भएको अर्को खेलमा आर्सनलले बाटे बोरिसोभलाई ३–० गोलअन्तरले पराजित गर्दै प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । आर्सनलले समग्रमा ३–१ को जित निकालेको हो । यसअघि भएको पहिलो लेगमा आर्सनल १–० गोलले पराजित भएको थि