१५ भाद्र २०८३, सोमबार
,
Latest
पोखरा बस व्यवसायी समितिद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ लाख रुपैयाँ सहयोगको घोषणा प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपको १० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण भोटेकोशी बेसिनका माछा सेवन नगर्न आग्रह ताप्लेजुङ गोल्डकपः झापा-११ सेमिफाइनलमा प्रवेश समानान्तर ग्रुपद्वारा बाढीपीडितका लागि ६३ लाख ३७ हजार सहयोग चेम्बरद्वारा विपद्को समयमा जिम्मेवार भएर व्यापार-व्यवसाय गर्न अपिल भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु पहिरोमा ज्यान गुमाएकाहरूको शान्तिको कामना गर्दै स्वयम्भूमा परित्राण पाठ तथा दीप प्रज्ज्वलन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको एक करोड एक लाख सहयोग नुवाकोटबाट त्रिशूलीसम्मको सडक सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सी र आर्सनल युरोपा लिगको प्रि–क्वार्टरफाइनलमा



अ+ अ-

काठमाडौंँ । चेल्सी युरोपा लिग फुटबलको प्रि-क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति आफ्नै घरेलु मैदान भएको खेलमा माल्मोलाई ३–० गोलअन्तरले पराजित गर्दै चेल्सी अन्तिम १६ मा स्थान बनाएको हो । चेल्सीले पहिलो लेग र दोस्रो लेगमा गरी समग्रमा ५–१ को जित निकाल्यो । पहिलो लेगमा चेल्सीले माल्मोलाई २–१ गोलअन्तरले पराजित गरेको थियो ।

पहिलो हाफमा गोल रहित बराबरी खेलेको चेल्सीले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै तीन गोल गर्न सफल भयो । खेलको ५४, ७४ र ८४औं मिनेटमा चेल्सीले गोल गर्दै जित हात पारेको हो ।

त्यस्तै, बिहीबार नै भएको अर्को खेलमा आर्सनलले बाटे बोरिसोभलाई ३–० गोलअन्तरले पराजित गर्दै प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । आर्सनलले समग्रमा ३–१ को जित निकालेको हो । यसअघि भएको पहिलो लेगमा आर्सनल १–० गोलले पराजित भएको थि