१५ भाद्र २०८३, सोमबार
,
Latest
लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ गत वर्षसम्मको स्वास्थ्य बिमाको भुक्तानी सम्पन्न सुदूरपश्चिमका चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता पहिचान नभएका शवको वैज्ञानिक व्यवस्थापन भइरहेको छ, भविष्यमा आफन्तलाई हस्तान्तरण गर्न सकिन्छः सरकार बाढीपहिरो प्रभावितको उद्धार र राहतमा राज्यको सम्पूर्ण शक्ति परिचालन रसुवा बाढी अपडेटः हालसम्म ९३९ जनाको मृत्यु, करिव ४ हजार बेपत्ता रसुवा बाढीः सुरुङमा फसेका इन्जिनियरको उद्धारमा ढिलाइ भएको भन्दै इन्जिनियर्स एशोसिएशन आक्रोशित नेपाल सरकारबाट अन्तर्राष्ट्रिय हानी–नोक्शानी कोषलाई पत्राचारः आपतकालिन वित्त तत्काल उपलब्ध गराउन अनुरोध पोखरा बस व्यवसायी समितिद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ लाख रुपैयाँ सहयोगको घोषणा प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपको १० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपप्रधानमन्त्री पोखरेल र अमेरिकी रक्षा राज्यमन्त्रीबीच भेटवार्ता



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपाल भ्रमणमा रहेका अमेरिकाका रक्षा राज्यमन्त्री जोसेफ फेल्टरले सोमबार शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित रक्षा मन्त्रालयमा भएको भेटमा दुई देशबीचको सम्बन्धलाई परिवर्तित सन्दर्भमा कसरी सुदृढ गर्ने तथा नेपालको आर्थिक विकास र समृद्धिमा कसरी सहयोग जुटाउने भन्ने विषयमा छलफल भएको हो ।

भेटमा उपप्रधामन्त्री पोखरेलले नेपालको नयाँ बन्ने राष्ट्रिय सुरक्षा नीति, सुरक्षा निकायलाई व्यवस्थित र सुदृढ गर्ने सोचका बारेमा जानकारी गराएपछि राज्यमन्त्री फेल्टरले सहयोगको निरन्तरता हुने उल्लेख गरे ।

उपप्रधामन्त्री पोखरेलले अप्ठ्यारो स्थितिमा नेपाललाई अमेरिकाले सहयोग गरेको उल्लेख गर्दै नेपालका सुरक्षा अङ्गलाई कसरी व्यवस्थित र सुदृढ बनाउने भन्नेबारेमा पनि विमर्श भएको सञ्चारकर्मीलाई जानकारी दिए ।

उनले नेपालले कुनै पनि अन्तर्राष्ट्रिय र क्षेत्रीय सैन्य संरचनामा सहभागिता नजनाउने भए पनि दुई देशबीचको सैन्य सम्बन्धका लागि सधैँ सहकार्य हुने बताए ।