२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्नी लियोनी कार्यक्रममा नाचे आत्मदहन गर्ने चेतावनी



अ+ अ-

काठमाडौँ । पोर्न फिल्मको पृष्ठभूमि भएकी अभिनेत्री सन्नी लियोनी कार्यक्रममा नाचे आत्मदहन गर्ने चेतावनी दिएका छन् । बैंगलौरबाट प्राप्त भिडियोमा आफ्नो धर्म संस्कृतिमाथि बिकृति ल्याएको भन्दै एक समुहले सामुहिक आत्मदहन गर्ने चेतावनी दिएका हुन् ।

बैंगलौरमा सन्नीको विरोधमा उत्रिएको प्रो कन्नड ग्रुप ‘कर्नाटक रक्षना वेदिका युवा सेना’ ले १५ जिल्लामा विरोध प्रदर्शन गर्ने घोषणा गरेको थियो । यस दौरानमा सडकमा नारावाजी तथा सन्नीको पोष्टर जलाउने चेतावनी दिइसकेको छ । यसैबीच उक्त युवा सेनाले धम्की दिएको छ कि यदि सन्नीको कार्यक्रम रद्द गरिएन भने सेनाका सदस्यहरुले सामुहिक आत्मदहन गर्नेछन् ।

महासचिव सइद मिनाजले भने, ‘सन्नी भारतीय होइनन् । उनको बारेमा सबैलाई थाहा छ कि उनी पहिले कहाँ थिइन् र के काम गर्थिन् । यस्ती युवतीलाई ल्याएर कार्यक्रम गर्नु हाम्रो संस्कृतिको अपमान हो ।’

सन्नीको विरोध भएको यो पहिलोपटक होइन । अघिल्लो वर्ष पनि यसै समुहले उनको विरोधमा प्रदर्शन गरेको थियो । त्यसो त सन्नीले कन्नड फिल्ममा अतिथि भूमिका निर्वाह गरिसकेकी छिन् ।

हालै मात्र सन्नीले अभिनय गरेको एउटा विज्ञापन पनि विवादमा फसेको थियो । सन्नीमाथि सांस्कृतिक मान्यतालाई उल्लंघन गरेको आरोप लगाउँदै केन्द्र सरकारमा उजूरी परेको थियो । म्यानफोर्सको तर्फबाट गुजरातका केही स्थानमा सन्नीको तस्वीर भएका होर्डिङ बोर्ड लगाइएका थिए । उक्त होर्डिङ बोर्ड अश्लिल भएको भन्दै हटाउनका लागि केन्द्रिय मन्त्री समक्ष उजुरी गरिएको थियो ।