२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधवार वर्षा हुने



अ+ अ-

काठमाडौँ । मौसमी वायुको प्रभाव आगामी बुधवारसम्म जारी रहने भएको छ ।

मंगलबार पुनः वायुको प्रभाव दोहोरिने भएकाले बुधवार देशैभरी हल्का र मध्यमस्तरको वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताएका छन् ।

उनका अनुसार,मंगलबार रातीदेखि देशैभरीको मौसम बदलिने पूर्वानुमान गरिएको छ । पश्चिमी वायुको प्रभावले बुधवार फेरी धेरै ठाउँमा हल्का र मध्यम वर्षा हुनेछ।