२७ जेष्ठ २०८३, बुधबार
,
Latest
‘टोलटोलमा फिल्म महोत्सव’ गर्दै काठमाडौँ महानगर रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित ३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उत्पादन उद्योग विगतका सरकारको कमजोरी देखाएर वर्तमान त्रुटिको बचाउ गर्न मिल्दैन : एमाले सांसद कँडेल अझै सुरु भएन प्रतिनिधिसभा बैठक नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनोट हुन असफल दल त्याग गरेपछि एमालेका ८ जना वडा अध्यक्षको पद रिक्त ‘जान्नेलाई छान्ने’ नाराको वास्तविकता उजागर हुँदै गएको महासचिव पाेखरेलकाे दाबी अर्थमन्त्री वाग्लेमाथि उठेका आरोप संसद वा स्वतन्त्र समितिबाट छानबिन हुनुपर्छ : रामकुमारी झाँक्री फिलिपिन्समा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो, १७ अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबार सेयर बजार ७ अंकले सुधार



अ+ अ-

काठमाडौँ । सेयर बजारमा आज (सोमबार) ७ अंक बढीको सुधार देखिएको छ । साताको पहिलो दिन आइतबार दोहोरो अंकले ओरालो लागेको सेयर बजार दोस्रो दिन सोमबार ७ दशमलव ४१ अंकको सुधार देखिएको हो ।

बजार ७.४१ अंकले बढ्दा नेप्से परिसूचक १ हजार १ सय ९ दशमलव ७३ अंकमा पुगेको छ । सोमबार दिनभर उताचढाव देखिएको बजार दिउसो एकपटक १ हजार १ सय भन्दा तल झरेको थियो ।

सोमबार दिनभर भएका ४ हजार ३ सय १९ कारोबारबाट विभिन्न कम्पनीका ७ लाख २० हजार ८ सय ४५ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २० करोड ३८ लाख ३९ हजार ८ सय ६४ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

कारोबार रकमका आधारमा सोमबार नविल बैंक पहिलो स्थानमा देखिएको छ । नविल बैंकको सर्वसाधारण समूहतर्फको सेयर २ करोड ५० लाख ७१ हजार २ सय ६९ रुपैयाँको किनबेच भएको छ ।

कारोबार रकमका आधारमा दोस्रो नम्बरमा पनि नविल बैंक नै देखिउको छ । सोमबार पहिलो नम्बरमा सबैभन्दा धेरै कारोबार नविल बैंकको सर्वसाधारण समूहतर्फको भएको छ भने दोस्रो नम्बरमा नविलकै संस्थापक समूहको भएको छ ।

तेस्रो नमबरमा भने माथिल्लो तामाकोशी जलविद्युत् आयोजना देखिएको छ । माथिल्लो तामाकोशीको ७८ लाख ८६ हजार ५ सय ४२ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।