२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमाथि नेपालको झिनो अन्तरको जित, ग्लोबल छनोटमा पुग्ने सम्भावना समाप्त



अ+ अ-

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकपको एसिया क्षेत्र छनोटमा नेपालले चीनलाई ५ रनले पराजित गरेको छ ।

नेपालले दिएको ७८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको चीनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ७२ रन मात्रै बनाउन सक्यो ।

चीनका लागि जहाङ मिईले ३३ रन बनाइन् । काइयुन जहोउले १८ रन बनाइन् ।बलिङतर्फ नेपालकी सीता रानामगरले तीन विकेट लिइन् । त्यस्तै, कविता कुँवरले एक विकेट लिइन् ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ७७ रन मात्र बनायो । नेपालका लागि काजल श्रेष्ठ र सीता राना मगरले पहिलो विकेटका लागि ३२ रनको साझेदारी गरिन् ।

सीता व्यक्तिगत ११ रनमा आउट भइन् । थप दुई रन जोड्दा काजल पनि १८ रनमा आउट भइन् । त्यसपछि नेपालले लगातार विकेट गुमायो ।

नेपालले आजको खेल जितेपनि ग्लोबल छनोटमा पुग्ने संम्भावना न्यून रहेको छ । नेपालले अब अन्तिम खेलमा कुवेतलाई भारी अन्तरले पराजित गरे पनि ग्लोबल छनोटमा पुग्ने सम्भावना न्युन छ । अब थाइल्याण्डले हारेर यूएईले आफ्नो खेल जिते पनि नेपालको सम्भावना रहँदैन ।