१५ भाद्र २०८३, सोमबार
,
Latest
लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ गत वर्षसम्मको स्वास्थ्य बिमाको भुक्तानी सम्पन्न सुदूरपश्चिमका चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता पहिचान नभएका शवको वैज्ञानिक व्यवस्थापन भइरहेको छ, भविष्यमा आफन्तलाई हस्तान्तरण गर्न सकिन्छः सरकार बाढीपहिरो प्रभावितको उद्धार र राहतमा राज्यको सम्पूर्ण शक्ति परिचालन रसुवा बाढी अपडेटः हालसम्म ९३९ जनाको मृत्यु, करिव ४ हजार बेपत्ता रसुवा बाढीः सुरुङमा फसेका इन्जिनियरको उद्धारमा ढिलाइ भएको भन्दै इन्जिनियर्स एशोसिएशन आक्रोशित नेपाल सरकारबाट अन्तर्राष्ट्रिय हानी–नोक्शानी कोषलाई पत्राचारः आपतकालिन वित्त तत्काल उपलब्ध गराउन अनुरोध पोखरा बस व्यवसायी समितिद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ लाख रुपैयाँ सहयोगको घोषणा प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपको १० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीको सम्बोधनका लागि धन्यवाद प्रस्ताव पारित



अ+ अ-

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभामा गरेका सम्बोधनका लागि धन्यवाद प्रस्ताव पारित गरेको छ ।

प्रदेशसभा भवन धनगढीमा आज बसेको बैठकमा प्रदेशसभा सदस्य तारालामा तामाङले सो सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । प्रदेशसभा सदस्य वीरमान चौधरीले उक्त प्रस्तावलाई समर्थन गरेका थिए ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले प्रदेशको वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ लाई दफावार छलफलका लागि अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा पठाइयोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकले स्वीकृत गरेको छ । प्रदेशसभाको अर्को बैठक यही फागुन १६ गते बिहान ११ः३० बजे बस्ने छ ।