• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

३१ किलो गाँजासहित दुई जना पक्राउ



मलंगवा । सिन्धुलीबाट ३१ किलो गाँजासहित सर्लाही तर्फ आउँदै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार राति ज ३ त ७३८७ नम्बरको ट्याक्टरको ट्रेलरको मुनी लुकाएर ३१ किलो लागु औषध गाँजा ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको थियो ।

पक्राउ पर्नेमा सिन्धुली मरिण गाउँपालिका ११ का २१ वर्षीय ट्याक्टर चालक डम्मरबहादुर मोक्तान र सोही ठाउँमा बस्ने ट्याक्टर धनीका २९ वर्षीय छोरा मंगलसिंह मोक्तान रहेको प्रहरी नायव उपरीक्षक विश्वराज खड्काले जानकारी दिए।

पूर्वी क्षेत्रबाट धमाधम गाँजा पक्राउ पर्न थालेपछि तस्करहरु जिल्लाका पश्चिमी क्षेत्रको बाटो प्रयोग गरेको प्रहरीले जनाएको छ ।