१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति पौडेलसँग चिनियाँ उपविदेशमन्त्री वेइडोङको भेट



अ+ अ-

काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेको चिनियाँ उपविदेशमन्त्री सुन वेइडोङ सहितको टोलीले शिष्टाचार भेट गरेका छन् ।

भेटघाटमा नेपाल(चीनबीच रहीआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

भेटमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवम् लामो समयदेखिको विकास साझेदार रही आएको जनाउनु भएको छ । चीनले झण्डै सात दशकदेखि नेपालको विकास प्रयासमा पुऱ्याउँदै आएको सहयोगका लागि राष्ट्रपतिले धन्यवाद दिनु भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।